किरन ठगुन्नाको उत्कृस्ट प्रदर्शनमा महेन्द्रनगरको पहिलो जित ( कर्णाली प्रिमियर लिग )

  • विकेटनेपाल – १६ बैशाख, सोमबार

सुर्खेतमा जारि वाईवाई कर्णाली प्रिमियर लिग-२ प्रतियोगिता अन्तर्गत पाँचौ दिनको पहिलो खेलमा महेन्द्रनगर क्रिकेट एकेडेमीले जित हात पारेको छ। सोमबार सम्पन्न पहिलो खेलमा महेन्द्रनगरले हिमालयन क्रिकेट एकेडेमीलाई ५ रनले पराजित गर्यो।

खेलमा टस जितेर ब्याटिंग गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५१ रन बनाएको थियो। १५२ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको हिमालयनले २० ओभरमा ७ विकेट गुमाएर १४६ रन मात्र जोड्न सक्यो।

हिमालयनको ब्याटिंगमा पदम केसीले ५० तथा दिपेन्द्र ऐरीले अविजित २९ रन जोडेपनि जितका लागि पर्याप्त भएन। महेन्द्रनगरको बलिंगतर्फ बिक्रम ठगुन्नार आकाश चन्दले समान २-२ विकेट हात पारे।

यसअघि पहिले ब्याटिंग गरेको महेन्द्रनगरका लागि किरन ठगुन्नाले अविजित ४१ रन जोडेका थिए। यस्तै दिनेश आग्रीले व्यक्तिगत ३३ रनको योगदान गरे। हिमालयनको बलिंगमा शरद खड्काको नाममा २ विकेट रहेको थियो।

खेलको प्लेयर अफ द म्याच किरन ठगुन्ना घोषित भए।

समूह “बि” अन्तर्गत महेन्द्रनगरको यो पहिलो जित समेत हो। २ खेल खेलेको महेन्द्रनगरको १ जित र समान हार सहित २ अंक रहेको छ। यस्तै हिमालयनले भने आफ्नो दुबै खेल गुमाउँदा अंक जोड्न सकेको छैन। समुहको शिर्ष स्थानमा २ खेल खेल्दै दुबैमा जित दर्ता गरेको एपीएफ रहेको छ।





थप समाचार

Team11 लिडरबोर्ड च्यालेन्ज सुरु, Lvneng LX02 स्कूटर जित्ने सुनौलो मौका

नेपाली क्रिकेटप्रेमीहरूका लागि अब ‘आईपीएल’ सिजन अझ रोमाञ्चक बन्ने भएको छ। Fantasy खेलमा भाग लिएर लाखौं रुपैयाँ मूल्यका पुरस्कार जित्न […]

एमएम कप : गोकुलको अलराउण्ड प्रदर्शनमा आसामद्वारा कोशी पराजित

बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा भारतको आसाम क्रिकेट क्लबले जित दर्ता गरेको छ। बैजनाथपुर […]

दिल्लीमाथि कोलकोताको जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई […]

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]