कर्णाली प्रिमियर लिग ( केपीएल ) को दोस्रो संस्करणमा ८ टोली सहभागी हुने

  • विकेटनेपाल – २७ चैत्र, बुधवार 

कर्णाली प्रमियर लिगको दोस्रो संस्करणमा ८ वटा टिमले सहभागिता जनाउने भएका छन्।

आउँदो वैशाखमा सुर्खेतको वीरेन्द्रनगरमा हुने दोस्रो संस्करणको कर्णाली प्रिमियर लिगमा विभागीय टिमसहित देशका विभिन्न क्लबहरुले सहभागिता जनाउने भएका हुन।

आयोजक कर्णाली किक्रेट एकेडेमीले प्रतियोगितमा सहभागी हुने टिमको नाम सार्वजनिक गरेको छ। एकेडेमीका अध्यक्षजीवन शाहीका अनुसार त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, सशस्त्र प्रहरीको एपीएफले सहभागिता जनाउने भएका हुन्।

यस्तै हिमालयन क्रिकेट एकेडमी काठमाण्डौ, मध्यपश्चिम क्रिकेट बाँके, कर्णाली किक्रेट एकेडेमी, महेन्द्रनगर क्रिकेट एकेडमी कञ्चनपुर, लालिगुरास क्रिकेट एकेडमी झापाले सहभागिता जनाउनेछन्।

प्रतियोगिता आउँदो बैशाख १२ बाट सुरुभइ बैशाख २१ गतेसम्म सञ्चालन हुने आयोजक एकेडेमीका अध्यक्ष जीवन शाहीले जानकारी दिए। कर्णाली प्रदेशबाट राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए।

१० दिनसम्म सञ्चालन हुने प्रतियोगिताको लागत ६० लाख अनुमान गरिएको छ। यस्तै खेलमा सहभागी हुने क्लबहरुले प्रत्येक टिममा २ जना विदेशी खेलाडी सहभागी गराउन समेत सक्ने छन्।

प्रतियोगितामा ८ टिमलाई २ वटा समुहमा बिभाजन गरि प्रत्येकले एक–अर्कासंग १–१ खेल खेलेपछि समुहको उत्कृष्ट दुई टिमले सेमीफाइनलमा खेल्न पाउने छन्।

लिग–कम नक–आउट आधारमा आयोजना हुने प्रतियोगिता आईसीसीको नियम अनुसार खेलाइने आयोजकले जानकारी गराएको छ। प्रतियोगितामा सहभागी हुने प्रत्येक खेलाडीको आवास र खानाको व्यवस्था आयोजकलेनै गर्नेछ।





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]