कर्णाली प्रिमियर लिगको सेमीफाइनल समीकरण पुरा

Sagar Pun
  • विकेटनेपाल, १० जेठ  – सुर्खेत 

रुस्लान कर्णाली प्रिमियर लिग अन्तर्गत आठौँ दिन सम्पन्न २ वटा खेलहरुमा त्रिभुवन आर्मी क्लब र एबिसी स्पोर्ट्स क्लब बिजयी भएका छन्। यो संगै प्रतियोगिताको लिग चरणका सम्पूर्ण खेलहरु समाप्त भएका छन्। समुह ‘ए’ को बिजेताको रुपमा रुपन्देही ११ र उपविजेताको रुपमा त्रिभुवन आर्मी क्लब तथा समुह ‘बि’ बिजेताको रुपमा धनगढी क्रिकेट एकेडेमी र उपविजेताको रुपमा मध्य-पश्चिम क्रिकेट क्लब सेमीफाइनल प्रवेश गरेका छन्।  अंकतालिका 

शुक्रबार खेलिने पहिलो सेमीफाइनलमा शक्ति गौचन कप्तानीको रुपन्देही-११ र शुबेन्दु पाण्डे कप्तानीको मध्य-पश्चिम क्रिकेट क्लब तथा दोश्रो सेमीफाइनलमा बिनोद भण्डारी कप्तानीको त्रिभुवन आर्मी क्लब र भुवन कार्की कप्तानीको धनगढी क्रिकेट एकेडेमीले प्रतिस्पर्धा गर्नेछन्।

पहिलो खेल ( स्कोरकार्ड

पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले भेरिगंगा क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्यो।

Chandra Sawad
Chandra Sawad

टस जितेर ब्याटिंग गरेको भेरीगंगा क्रिकेट क्लबले ढिला सुरु भएका कारण निर्धारित १२ ओभरमा घटाईएको खेलमा ४ विकेट गुमाएर ६३ रन बनाएको थियो। उसको लागि तिलक थापाले सर्वाधिक २० रन , सौगात कार्कीले १८ रन तथा पदम कंडेलले १३ रन योगदान दिए। बलिङ्गतर्फ आर्मीका बलर जितेन्द्र मुखिया, चन्द्र साउद, सागर पुन र साहब आलमले समान १ विकेट हात पारे।

६४ रनको लक्ष्य आर्मीले ७.४ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो। आर्मीको लागि सागर पुन र इन्द्रकमल मानन्धरले समान १७ रन तथा राजु रिजाल र भिम शार्कीले समान १२ रन बनाए। भेरीगंगाका बलर जनादेश चुनाराले २ विकेट लिए। खेलको प्लेयर अफ द म्याच चन्द्र साउद घोषित भए।

Chandra Sawad
Chandra Sawad

दोश्रो खेल ( स्कोरकार्ड

आजै सम्पन्न दोश्रो खेलमा एबिसी स्पोर्ट्स क्लबले काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरलाई १९ रनले पराजित गर्यो।

टस जितेर ब्याटिंग रोजेको एबिसी स्पोर्ट्स क्लबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६४ रन बनाएको थियो। उसको लागि दिनेश पुनले सर्वाधिक ६९ रन बनाउने क्रममा ४५ बलमा ११ चौका र १ छक्का प्रहार गरे। यस्तै टेक सलामीले २७ बलमा ४ चौका र ३ छक्का मदतले ३९ रन बनाए। काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरका बालार प्रितम थापा र भोज राज भट्टले समान २/२ विकेट लिए।

Anil Kharel
Anil Kharel

१६५ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरले पुरै २० ओभर ब्याटिंग गरे पनि ७ विकेट गुमाएर १४५ रन मात्रै बनाउन सक्यो। उसको लागि बिश्वाश श्रेष्ठले सर्वाधिक ४३ रन बनाउन २८ बलमा ४ छक्का र २ चौका प्रहार गरे। यस्तै दुर्गेश थापाले २३ तथा रोशन शर्माले २० रन योगदान दिए। एबिसीका बलर महेश खत्रीले सर्वाधिक ३ विकेट हात पारे भने दिनेश अधिकारी, युनिश  बिक्रम सिंह, बिनित खत्री र रबिन्द्र जंग शाहीले समान १/१ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच दिनेश पुन घोषित भए।

Dinesh Pun
Dinesh Pun

जेठ ३ गते बाट सुरु भएको प्रतियोगिताको फाइनल खेल शनिबार खेलिनेछ। प्रतियोगिताको बिजेताले ३ लाख रुपैयाँ तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताको उत्कृस्ट खेलाडीले २५ हजार र उत्कृस्ट ब्याट्सम्यान र बलरले समान १०/१० हजार रुपैयाँ प्राप्त गर्नेछन्।





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]