वाईवाई केपीएल-२ : किशोर र रबिन्द्रको उत्कृस्ट प्रदर्शनमा आयोजक कर्णाली-११ को सहज जित

  • विकेटनेपाल, बैशाख १२ , बिहिबार  , सुर्खेत 

कर्णाली क्रिकेट एकेडेमीको आयोजनामा वाईवाई कर्णाली प्रिमियर लिगको दोश्रो सिजन ( केपीएल-२ ) सुर्खेतमा सुरु भएको छ। कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रि दल रावलले प्रतियोगिताको उद्घाटन गर्नु भयो ।

प्रतियोगिताको उद्घाटन खेलमा झापाको लालीगुराँस क्रिकेट क्लबलाई आयोजक टिम कर्णाली-११ ले ८ विकेटले सहजै पराजित गर्यो।

सुर्खेत स्थित कालिन्चोक क्रिकेट मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिंग रोजेको लालीगुराँस क्रिकेट क्लबले २० ओभरमा सम्पूर्ण विकेट गुमाएर १०१ रनको योगफल तयार गरेको थियो।

लालीगुराँसको लागि रोनक दक्षिणीले सर्वाधिक २१ रन , अजय यादबले २०, यश कनदियाले १६ तथा दिपेन योगीले १५ रन बनाए।

कर्णाली-११ को लागि बलिंगमा यु-१९ राष्ट्रिय क्रिकेटर समेत रहेका किशोर महतो र दिवान पुनले ३/३ विकेट लिए। किशोरले ४ ओभरमा १ मेडन ओभर गर्दै १३ रन मात्रै खर्चिए। यस्तै अर्का यु-१९ राष्ट्रिय क्रिकेटर जितेन्द्र ठकुरीले २ विकेट तथा कृष्ण कार्कीले १ विकेट लिए।

१०२ रनको लक्ष्य आयोजक कर्णाली-११ ले १४.२ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा कर्णाली-११ का कप्तान रबिन्द्र जंग शाहीले अविजित ४५ रन बनाए। अन्डर-१९ राष्ट्रिय क्रिकेटर रहीसकेका शाहीले ४७ बलमा ६ चौका र छक्का प्रहार गरे। यस्तै निश्चल रावलले ३१ रन बनाए। ( स्कोरकार्ड )

खेलको प्लेयर अफ द म्याच किशोर महतो घोषित भए जसले ३ हजार ५ सय रुपैयाँ प्राप्त गरे।

Kishor Mahato ( Player of the match )

प्रतियोगिता अन्तर्गत शुक्रबार २ खेलहरु खेलिनेछन् । बिहानको खेलमा न्यु होराइजन बुटवल र महेन्द्रनगर क्रिकेट एकेडेमी तथा दिउसोको खेलमा त्रिभुवन आर्मी क्लब र लालीगुराँस क्रिकेट एकेडेमीले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा कुल ८ टिमहरु सहभागी छन् जसलाई २ समुहमा बिभाजन गरिएको छ। समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, मध्यपश्चिम क्रिकेट क्लब बाँके, आयोजक कर्णाली एघार र लालिगुराँस क्रिकेट एकेडमी झापा रहेका छन्। त्यस्तै समूह ‘बि’ मा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, महेन्द्रनगर क्रिकेट एकेडमी कञ्चनपुर, न्यु होराइजन बुटवल र हिमालयन क्रिकेट एकेडेमी काठमाडौं रहेका छन्।

दुवै समूहबाट उत्कृत हुने २/२ टिमले सेमीफाइनलमा स्थान बनाउनेछन्।

प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ तथा उप-बिजेताले नगद २ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्लेयर अफ द म्याच घोषित हुने खेलाडीले ३५०० रुपैयाँ तथा प्रतियोगितामा उत्कृस्ट घोषित हुने बलर र ब्याट्सम्यानले समान २०,००० र प्लेयर अफ द सिरिजले ५०,००० प्राप्त गर्नेछनन्।

प्रतियोगिता अवलोकन गर्न आउने दर्शकको लागि टिकट मूल्य ३० रुपैयाँ देखि पाँचसय रुपैयाँसम्म तोकिएको छ। दर्शकको मनोरंजनको लागि प्रत्येक दिन एकजना दर्शकलाई गोलाप्रथाबाट टिभी सहित अन्य विभिन्न आकर्षक उपहार प्रदान गरिनेछ। साथमा फाइनल खेलमा एकजना दर्शकलाई मोटरसाइकल समेत प्रदान गरिने आयोजकले बताएको छ।





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]