केपीएल-२ : उद्घाटन खेलमा मेहबुब आलमको लालीगुराँस र आयोजक टिम बीच प्रतिस्पर्धा

  • विकेटनेपाल, बैशाख – ९, सोमबार

सुर्खेतको बिरेन्द्रनगरमा यहि बैशाख १२ गतेदेखि हुन लागेको दोश्रो संस्करणको कर्णाली प्रिमियर लिगको खेलतालिका सार्वजनिक भएको छ।  प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कर्णाली एघारले लालीगुराँस क्रिकेट एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ।

८ वटा टिमहरु सहभागी प्रतियोगितामा टिमहरुलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, मध्यपश्चिम क्रिकेट क्लब बाँके, आयोजक कर्णाली एघार र लालिगुराँस क्रिकेट एकेडमी झापा रहेका छन्। त्यस्तै समूह ‘बि’ मा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, महेन्द्रनगर क्रिकेट एकेडमी कञ्चनपुर, न्यु होराइजन बुटवल र हिमालयन क्रिकेट एकेडेमी काठमाडौं रहेका छन्।

विभागीय टिम त्रिभुवन आर्मी क्लबको कप्तानमा विनोद भण्डारी र शसस्त्र प्रहरी बलको एपिएफको कप्तानमा बसन्त रेग्मी रहनेछन्।

यस्तै हिमालयन क्रिकेट एकेडमी काठमाडौँको कप्तानमा सुरेन्द्र चन्द, मध्यपश्चिम क्रिकेट क्लब बाँकेको कप्तान अजय साहनी, कर्णाली – ११ को कप्तानमा रविन्द्रजंग शाही, महेन्द्रनगर क्रिकेट एकेडमी कञ्चनपुरको कप्तानमा शुसिल खड्का, न्यु होराइजन बुटवलको कप्तानमा शक्ति गौचन र लालिगुराँस क्रिकेट एकेडमी झापाको कप्तानमा मेहबुव आलाम छन्।

प्रतियोगिता अवलोकन गर्न आउने दर्शकको लागि टिकट मूल्य ३० रुपैयाँ देखि पाँचसय रुपैयाँसम्म तोकिएको छ। दर्शकको मनोरंजनको लागि प्रत्येक दिन एकजना दर्शकलाई गोलाप्रथाबाट टिभी सहित अन्य विभिन्न आकर्षक उपहार प्रदान गरिनेछ। साथमा फाइनल खेलमा एकजना दर्शकलाई मोटरसाइकल समेत प्रदान गरिने आयोजकले बताएको छ।

१० दिनसम्म चल्ने प्रतियोगितामा प्लेयर अफ द म्याच घोषित हुने खेलाडीले ३५०० रुपैयाँ तथा प्रतियोगितामा उत्कृस्ट घोषित हुने बलर र ब्याट्सम्यानले समान २०,००० र प्लेयर अफ द सिरिजले ५०,००० प्राप्त गर्नेछन्।

प्रतियोगिताको गत वर्ष सम्पन्न पहिलो संस्करणको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको थियो। फाइनलमा आर्मीले शक्ति गौचन कप्तानीको रुपन्देही-११ लाई पराजित गरेको थियो।

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy