खेलकुद मन्त्रीद्वारा कोहलपुरमा राष्ट्रिय महिला क्रिकेट एकेडेमीको शिलान्यास

युवा तथा खेलकुद मन्त्री मा. महेश्वरजंग गहतराज (अथक) ले राष्ट्रिय क्रिकेट महिला एकेडेमीको शिलान्यास गरेका छन् ।

बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा निर्माणाधिन अवस्थामा रहेको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानको लागत १ अर्ब २२ करोड अनुमान गरीएको छ ।

मन्त्री नियुक्त भएलगत्तै अथकले कोहलपुरमा राष्ट्रिय क्रिकेट महिला एकेडेमी निर्माण गर्ने उद्घोष गरेका थिए । तिन दिने जिल्ला भ्रमणमा गएका मन्त्री अथकले आफ्नो पहिलो निर्णय कार्यान्वयन गर्ने क्रममा आईतबार महिला क्रिकेट एकेडेमीको शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्याक्रममा बोल्दै अथकले कोहलपुर क्रिकेट मैदान र राष्ट्रिय क्रिकेट महिला एकेडेमी मन्त्रालयको प्राथमिकतामा रहेको बताए । एकेडेमी निर्माणकालागि फास्ट ट्रयाकमा डिपिआर तयार भईसकेको जानकारी दिदैं मन्त्री अथकले खनफ्नै कार्यकालमा पुर्वाधार निर्माणको प्रक्रिया सुरु गरीने प्रतिबद्धता जनाए । उनले भने, “यो बहुवर्षिय योजना हो, आगामी ३ वर्षभित्र सम्पन्न गर्नेगरी तत्कालै पुर्वाधार निर्माणको काम अगाडी बढाईन्छ ।” एकेडेमीको संरचना अनुसार क्रमशः बजेट बढ्दै जाने उनले बताए ।

रात्रिकालिन खेल सञ्चालन गर्न सकिने तथा आवाशिय सुविधा सहित अन्तराष्ट्रिय स्तरमा निर्माण गरीने छ । मन्त्री अथकले कोहलपुर नगरपालिकाभित्र निर्माण गर्ने भनिएको कोहलपुर खेल मैदानकालागि ७० लाख बजेट सुनिश्चित गरिएको बताए । एक पालिका एक खेल मैदानको निति अनुसार कोहलपुर नगरपालिकाले कोहलपुर खेल मैदान निर्माण गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का पदाधिकारी तथा ईन्जिनियरको टोली सहित कोहलपुर पुगेका मन्त्री अथकले त्यसक्रममा निर्माणाधीन अवस्थामा रहेको कोहलपुर क्रिकेट मैदानको समेत अनुगमन गरेका थिए । मन्त्री अथकले आजै नेपालगन्जस्थित रंगशालको अनुगमन गर्ने कार्यक्रम रहेको छ ।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]