फाइनल प्रवेश गर्ने दाउमा रहेको पल्टनलाई १०४ रनको सामान्य लक्ष्य

Pokhara Paltan
  • विकेटनेपाल – १७ कार्तिक, शनिवार (पोखरा)

पोखरा प्रिमियर लिग अन्तर्गत लिग चरणको अन्तिम दिनको पहिलो खेलमा काठमाण्डौ रोयल्स र पोखरा पल्टन भिड्दै छन्। खेलमा पोखरालाई जित्नै पर्ने दबाब रहेको छ।

काठमाण्डौ बिरुद्ध ठूलो अन्तरले जित हात पारेमा पोखरा पल्टन सिधा फाइनल प्रवेश गर्ने समिकरणमा रहने छ। यस्तै सामान्य जित मात्रले समेत पोखरा शिर्ष ३ मा पर्ने पक्का रहेको छ।

पोखरा रंगशालाको क्रिकेट मैदानमा शनिवार बिहान टस हारेर ब्याटिंगको निम्तो पाएको काठमाण्डौले खराब प्रदर्शन गर्दै पहिलो इनिंगमा १९.१ ओभरमा १०३ रन जोड्दा सबै १० विकेट गुमायो।

Pawan Sarraf
Pawan Sarraf

काठमाण्डौको इनिंगमा कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३१ रन जोडे। २८ बलको सामना गरेका मल्लले ३ चौका र १ छक्का प्रहार गरे।

यस्तै बुटवल ब्लासटर्स बिरुद्ध उत्कृस्ट ब्याटिंग गर्दै ५८ रन जोडेका नरेश बुढाएर आजभने व्यक्तिगत ६ रन बनाएर रन आउट भए।

काठमाण्डौको इनिंगमा ओपनर अमित श्रेष्ठ २१, बसन्त रेग्मी १९ र पवन सर्राफ १२ रन बनाएर पभेलियन फर्किए।

पोखराको बलिङ्गमा ललित राजबंशीले सर्वाधिक ३ विकेट लिए। आफ्नो ४ ओभरको स्पेलमा १८ रन खर्चिएर ललितले अमित श्रेष्ठ, पवन सर्राफ र ज्ञानेन्द्र मल्ललाई पभेलियन फर्काए। यस्तै मोहम्मद नाबेद र राशिद खानको नाममा समान २-२ विकेट रह्यो।

Mohammad-Naveed
Mohammad-Naveed

 





थप समाचार

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]

स्व. डम्बर धामी स्मृति टी-१० क्रिकेट आइतबारदेखि

काठमाडौँ। स्व. डम्बर धामी स्मृति टी-१० क्रिकेट प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ। ‎ नेपालका तीन विश्वविद्यालयका १२ कलेजका टिमको […]