फाइनल प्रवेश गर्ने दाउमा रहेको पल्टनलाई १०४ रनको सामान्य लक्ष्य

२०७५ कार्तिक १७, शनिबार १०:५७

Pokhara Paltan
  • विकेटनेपाल – १७ कार्तिक, शनिवार (पोखरा)

पोखरा प्रिमियर लिग अन्तर्गत लिग चरणको अन्तिम दिनको पहिलो खेलमा काठमाण्डौ रोयल्स र पोखरा पल्टन भिड्दै छन्। खेलमा पोखरालाई जित्नै पर्ने दबाब रहेको छ।

काठमाण्डौ बिरुद्ध ठूलो अन्तरले जित हात पारेमा पोखरा पल्टन सिधा फाइनल प्रवेश गर्ने समिकरणमा रहने छ। यस्तै सामान्य जित मात्रले समेत पोखरा शिर्ष ३ मा पर्ने पक्का रहेको छ।

पोखरा रंगशालाको क्रिकेट मैदानमा शनिवार बिहान टस हारेर ब्याटिंगको निम्तो पाएको काठमाण्डौले खराब प्रदर्शन गर्दै पहिलो इनिंगमा १९.१ ओभरमा १०३ रन जोड्दा सबै १० विकेट गुमायो।

Pawan Sarraf
Pawan Sarraf

काठमाण्डौको इनिंगमा कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३१ रन जोडे। २८ बलको सामना गरेका मल्लले ३ चौका र १ छक्का प्रहार गरे।

यस्तै बुटवल ब्लासटर्स बिरुद्ध उत्कृस्ट ब्याटिंग गर्दै ५८ रन जोडेका नरेश बुढाएर आजभने व्यक्तिगत ६ रन बनाएर रन आउट भए।

काठमाण्डौको इनिंगमा ओपनर अमित श्रेष्ठ २१, बसन्त रेग्मी १९ र पवन सर्राफ १२ रन बनाएर पभेलियन फर्किए।

पोखराको बलिङ्गमा ललित राजबंशीले सर्वाधिक ३ विकेट लिए। आफ्नो ४ ओभरको स्पेलमा १८ रन खर्चिएर ललितले अमित श्रेष्ठ, पवन सर्राफ र ज्ञानेन्द्र मल्ललाई पभेलियन फर्काए। यस्तै मोहम्मद नाबेद र राशिद खानको नाममा समान २-२ विकेट रह्यो।

Mohammad-Naveed
Mohammad-Naveed

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy