बुढाएरको अर्धशतकमा काठमाण्डौले जोड्यो १७२ रन : पिपिएल : टि२०

Naresh Budhayer

पोखरामा जारि पोखरा प्रिमियर लिग अन्तर्गत शुक्रवारको दोस्रो खेलमा काठमाण्डौ रोयल्सले बुटवल ब्लासटर्सको सामना गर्दैछ।

टस जितेर ब्याटिंग रोजेको काठमाण्डौले पहिलो इनिंगको समाप्तिमा ४ विकेट गुमाएर १७२ रन जोडेको छ। काठमाण्डौका लागि नरेश बुढाएरले सर्वाधिक अविजित ५८ रन जोडे।

Naresh Budhayer
Naresh Budhayer

लामो समय पश्चात उत्कृस्ट इनिंग खेलेका नरेशले मात्र २८ बलमा ३ चौका र ५ छक्का प्रहार गरे। पाँचौ विकेटका लागि नरेशले कप्तान ज्ञानेन्द्र मल्लसंग अविजित ६७ रनको साझेदारी गर्दै टिमको स्कोरलाई १७२ रनसम्म पुर्याए।

ज्ञानेन्द्र व्यक्तिगत २५ रनमा अविजित रहे। १३ बलको सामना गरेका मल्लले २ चौका र १ छक्का प्रहार गरे।

यसअघि काठमाण्डौका जयकिशन कोल्सावाला ४५, अमित श्रेष्ठ ४, पवन सर्राफ २२ र गौरभ तोमर ११ रब बनाएर पभेलियन फर्किएका थिए।

बुटवलको बलिङ्गतर्फ बिपिन खत्रीले सर्वाधिक २ विकेट लिए। आफ्नो ४ ओभरको स्पेलमा बिपिनले २९ रन खर्चिएर कोल्सावाला र अमित श्रेष्ठको विकेट लिए। यस्तै रोहन मुस्तफा र संसाद शेखको नाममा समान १-१ विकेट रह्यो।

Jaykisan Kolsawal
Jaykisan Kolsawal
Gyanendra Malla
Gyanendra Malla
Bipin Khatri
Bipin Khatri




थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]