बुढाएरको अर्धशतकमा काठमाण्डौले जोड्यो १७२ रन : पिपिएल : टि२०

पोखरामा जारि पोखरा प्रिमियर लिग अन्तर्गत शुक्रवारको दोस्रो खेलमा काठमाण्डौ रोयल्सले बुटवल ब्लासटर्सको सामना गर्दैछ।

टस जितेर ब्याटिंग रोजेको काठमाण्डौले पहिलो इनिंगको समाप्तिमा ४ विकेट गुमाएर १७२ रन जोडेको छ। काठमाण्डौका लागि नरेश बुढाएरले सर्वाधिक अविजित ५८ रन जोडे।

Naresh Budhayer
Naresh Budhayer

लामो समय पश्चात उत्कृस्ट इनिंग खेलेका नरेशले मात्र २८ बलमा ३ चौका र ५ छक्का प्रहार गरे। पाँचौ विकेटका लागि नरेशले कप्तान ज्ञानेन्द्र मल्लसंग अविजित ६७ रनको साझेदारी गर्दै टिमको स्कोरलाई १७२ रनसम्म पुर्याए।

ज्ञानेन्द्र व्यक्तिगत २५ रनमा अविजित रहे। १३ बलको सामना गरेका मल्लले २ चौका र १ छक्का प्रहार गरे।

यसअघि काठमाण्डौका जयकिशन कोल्सावाला ४५, अमित श्रेष्ठ ४, पवन सर्राफ २२ र गौरभ तोमर ११ रब बनाएर पभेलियन फर्किएका थिए।

बुटवलको बलिङ्गतर्फ बिपिन खत्रीले सर्वाधिक २ विकेट लिए। आफ्नो ४ ओभरको स्पेलमा बिपिनले २९ रन खर्चिएर कोल्सावाला र अमित श्रेष्ठको विकेट लिए। यस्तै रोहन मुस्तफा र संसाद शेखको नाममा समान १-१ विकेट रह्यो।

Jaykisan Kolsawal
Jaykisan Kolsawal
Gyanendra Malla
Gyanendra Malla
Bipin Khatri
Bipin Khatri

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy