गौरब तोमरको बिष्फोटक ब्याटिंगमा काठमाडौंले जोड्यो १८० रन

  • विकेटनेपाल-१० कार्तिक, शनिवार

बिदेशी खेलाडी गौरब तोमरले बिष्फोटक ब्याटिंग गर्दै ९५ रन जोडेपछि धनगढी ब्लुज बिरुद्धको खेलमा काठमाडौं रोयल्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १८० रन बनाएको छ।

प्रतियोगिताको दोस्रो दिनको दोस्रो खेलमा धनगढीले काठमाडौंको सामना गरेको हो। यसअघि दिनको पहिलो खेलमा बुटवल ब्लासटर्सले चितवन राइनोजलाई पराजित गरेको थियो।

दिनको दोस्रो खेलमा पहिले ब्याटिंग गर्न उत्रिएको काठमाडौंले ठूलो स्कोर जोड्ने क्रममा सुरुवातबाटनै राम्रो सुरुवात पाएको थियो। ओपनर अमित श्रेष्ठ र जयकृष्ण कोल्सवालाले ३० रनको सुरुवाती साझेदारी गर्दै टोलीको इनिंग अघि बढाए।

अमित व्यक्तिगत १२ रन तथा जयकृष्ण व्यक्तिगत २५ रनको योगदान गर्दै क्रमश डेभिड ट्रेगो र सगर ढकालको शिकार बने।

टोलीले ३० रन जोड्दा अमित पभेलियन फर्किएपछि तेस्रो नम्बरमा ब्याटिंग गर्न उत्रिएका बिदेशी खेलाडी गौरब तोमरले बिष्फोटक ब्याटिंग गरेपछि काठमाडौंको इनिंग ठूलो स्कोरतर्फ अगी बढेको थियो।

Gaurab Tomar
Gaurab Tomar

खेलको अन्तिम ओभरको तेस्रो बलमा दिपेन्द्र सिंह ऐरीको बलिंगमा सन्दिप सुनारको हातबाट समातिनअघि तोमरले ९५ रनको बिष्फोटक पारि खेले। मात्र ४४ बलको सामना गरेका गौरबले १० छक्का र ४ चौका प्रहार गरे।

यस्तै काठमाडौंलाई नरेश बुढाएरले व्यक्तिगत ३६ रनको योगदान गर्दै अविजित रहे। उनले २४ बलमा २ चौका र समान छक्का प्रहार गरे।

धनगढीको बलिंगतर्फ सागर ढकाल, दिपेन्द्र सिंह ऐरी र पिटर डेभिड ट्रेगोको नाममा समान १-१ विकेट रह्यो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy