कृष्नप्पा गोथामले आक्रामक पारि खेल्दै राजस्थानलाई जिताए

  • विकेटनेपाल, बैशाख १० – सोमबार

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत गएराती भएको दोश्रो खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ३ विकेटले पराजित गर्दै अंक तालिकामा सुधार गरेको छ । यस्तै हिजो नै भएको पहिलो खेलमा चेन्नाई सुपरकिंग्सले सनराइजर्स हैदराबादलाई ४ रनले पराजित गर्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लेको छ (बिस्तृत विवरण) ।

प्रतियोगितामा ६ खेल खेलेको राजस्थानले ३ जित र समान ३ हारसँगै अंकतालिकाको पाँचौ स्थानमा उक्लेको छ भने मुम्बई इन्डियन्सले ५ खालमा १ मात्र जित दर्ता गर्दा सातौँ स्थानमा रहेको छ ।

राजस्थानको घरेलु मैदान जयपुरमा टस जितेर पहिले ब्याटिंग गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो । खराब सुरुवात गरेको उसका ओपनर ईभान लुइस मात्र १ रनमा आउट भएपनि दोश्रो विकेटको लागि सुर्यकुमार यादवले ७२ रन र इशान किशनले ५८ रन बनाउंदै १२९ रनको साझेदारी गरेका थिए ।

त्यसपछि राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिन ४ ओभरमा मात्र २२ रन खर्चेपछी मुम्बईले २९ रन जोड्दा थप ६ विकेट गुमाएको थियो । मुम्बईका किरोन पोलार्डले अविजित २१ रन बनाएभने अन्य ब्याट्सम्यान चल्न सकेनन् । बलिंगतर्फ   राजस्थान  का धवल कुल्कर्नीले २ विकेट लिन ३२ रन खर्चे भने थप १ विकेट जयदेव उनाद्काटको नाममा रह्यो ।

जवाफमा १६८ रनको लक्ष्य पछ्याएको राजस्थानले कृष्नप्पा गोथामले अविजित ३३ रन बनाउन मात्र ११ बल सामना गरेपछि खेल २ बल अगावै ७ विकेट गुमाएर जितेको थियो । गोथामले ४ चौका र २ छक्का प्रहार गरे । यस्तै संजु सामसनले ५२ रन (३९ बल, ४ चौका) र बेन स्टोक्सले ४० रन (२७ बल, ३ चौका, १ छक्का) प्रहार गर्दै तेस्रो विकेटको लागि ७२ रनको साझेदारी गरेका थिए ।

बलिंगतर्फ मुम्बईका जस्प्रित बुम्राह र हार्दिक पान्ड्यले समान २/२ विकेट तथा मिचेल मेक्लेनेघन, क्रुनाल पान्ड्य र मुस्ताफिजुर रहमानले १/१ विकेट लिए । राजस्थानका जोफ्रा आर्चर म्यान अफ द म्याच घोषित भए ।





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]