रुपन्देही सुपर लिग: कृष्ण कार्कीको ४ विकेटमा शिवशक्तिको जित

२०७४ फाल्गुन १६, बुधबार १६:४६

Krishna Karki

फिचर फोटो: कृष्ण कार्की (फाइल)

  • विकेटनेपाल, फाल्गुन १६ – बुधबार

रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा लिग चरण अन्तर्गत बुधबार भएको डिभिजन ‘ए’ को समूह (ए) को खेलमा शिवशक्ति क्रिकेट क्लब भैरहवाले शंकरनगर क्रिकेट क्लब शंकरनगरलाई ३१ रनले पराजित गरेको छ ।

टस जितेर पहिला व्याटिङ गरेको शिवशक्तिले निर्धारित ५० ओभरको खेलमा ३० ओभर १ बलमा सबै विकेट गुमाई १ सय २७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उसका लागि सिद्धान्त अधिकारीले ३८, मनोज सुनारले ३२ र सुमन अधिकारीले १४ रन बनाए । बलिङमा शंकरनगरका अनिल खरेलले ५, धिरज शाहीले ४ र केयरसिंह भण्डारीले १ विकेट लिए ।

५ विकेट लिएका अनिल खरेललाई बल प्रदान


प्रतिउत्तरमा १ सय २८ रनको लक्ष्यसहित मैदान उत्रेको शंकरनगरले निर्धारित खेलमा २६ ओभर ३ बलमा सबै विकेट गुमाई जम्मा ९४ रन मात्रै बनायो । उसका लागि प्रकाश केसीले ३९ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक बटुल्न नसक्दा टिमले झिनो लक्ष्य पनि भेट्टाउन सकेन र हार व्यहोर्यो । बलिङमा खेलका म्यान अफ द म्याच समेत रहेका शिवशक्तिका कृष्ण कार्कीले ४ विकेट लिए । यस्तै अमरसिंह रौटेलाले ३ र हरजित सिंहले १ विकेट लिए । 


बिहीबार समूह (सि) मा रहेका होराइजन क्रिकेट क्लब बुटवल र प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब भैरहवाबीच प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा विजेता क्लबले नगद ७० हजार प्राप्त गर्ने छ भने उपविजेताले नगद ३५ हजार प्राप्त गर्ने छ । यस्तै उत्कृष्ट खेलाडीले १० हजार, बेष्ट बलर र बेष्ट ब्याट्स म्यानले नगद ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिता फागुन २६ गतेसम्म चल्ने छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy