कृतिकालाई कप्तानी

Kritika marasini

देब्रे हाते स्पिनर कृतिका मरासिनीलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले अन्डर-१९ महिला राष्ट्रिय क्रिकेट टिमको कप्तानी सुम्पेको छ।

नेपाली अन्डर -१९ टिमले जुन ४ तारिख देखि मलेसियामा अन्डर-१९ विश्वकप एसिया छनोट खेल्दैछ जहाँ कृतिकाले पहिलो पटक जुनियर टिमको कप्तानी सम्हाल्नेछिन्। प्रतियोगितामा नेपाल सहित मलेसिया, युएई, थाइल्याण्ड, चिन, भुटान, म्यानमार र कतार बीच प्रतिस्पर्धा हुनेछ।

२०१९ मा चिनमा आयोजित बि एण्ड आर कपमा पहिलो पटक नेपाली यु-१९ टिमको प्रतिनिधित्व गर्ने क्रममा कृतिका प्रतियोगिताकै उत्कृस्ट बलर घोषित भएकी थिईन्। १८ वर्षीय कृतिका घरेलु क्रिकेटमा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै आएकी छिन्।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]