काठमाडौँ जिल्ला छनौट : बालुवाटार र न्यु भिजनको जित

काठमाडौँको मुलपानी क्रिकेट मैदानमा सिनियर काठमाडौँ जिल्ला छनौट प्रतियोगिता सुरु भएको छ।

काठमाडौँका १२ क्लब तथा एकेडेमीका टोलिहरु सहभागी प्रतियोगिता फाल्गुन २९ गतेसम्म चल्नेछ। प्रतियोगिताको सबै खेलहरु २५ ओभर प्रति इनिंगको खेलाइने छ। चैतमा हुने प्रधानमन्त्री कप प्रतियोगिताको छनौट स्वरूप प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न दुइवटा खेलहरुमा न्यु भिजन क्लब र बालुवाटार क्रिकेट क्लबले जित हाँसिल गरेका छन्।

पहिलो खेलमा न्यु भिजनले पुस्पलाल स्पोर्ट्स क्लबलाई २ सय ५ रनको विशाल अन्तरले पराजित गर्यो।

खेलमा न्यु भिजनले दिएको २ सय ५८ रनको लक्ष्य पछ्याउने क्रममा पुष्पलालले ५२ रनमै सबै विकेट गुमायो। खेलको प्लेयर अफ द म्याच चुनिएका न्यु भिजनका नरेश चन्दले अविजित १ सय ५८ रन बनाएका थिए जुन क्रममा ८८ बलमा १३ चौका र ९ छक्का प्रहार गरे। यस्तै बलिंगतर्फ न्युभिजनका राम चौधरीले सर्वाधिक ४ विकेट लिए।

दोश्रो खेलमा बालुवाटार क्रिकेट क्लबले एन्जल्स स्पोर्ट्स एकेडेमीलाई ३ विकेटले पराजित गर्यो। एन्जल्सले दिएको १ सय ३० रनको लक्ष्य बालुवाटारले ७ विकेट गुमाएर २४ ओभरमा भेटायो।

बालुवाटारको लागि प्लेयर अफ द म्याच चुनिएका सुबास खकुरेलले सर्वाधिक ४३ रन बनाए जुन क्रममा ३० बलमा २ चौका र ३ छक्का प्रहार गरे। अविनाश बस्यालले अविजित २८ रन बनाए। यस अघि एन्जल्सको ब्याटिंगमा योगेश रावलले ४४ रन बनाएका थिए। बालुवाटारको बलिंगमा सुमन उदयले ३ तथा संजय श्रेष्ठले २ विकेट लिए।

प्रतियोगिताको खेल तालिका 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy