ईपीएल खेलेका २ बिदेशी क्रिकेटर डीपीएलमा काठमाडौँ गोल्डेन्सबाट खेल्ने

Jaykishan Kolsawala
  • विकेटनेपाल, चैत २० – शनिबार 

चैत्र १७ गतेबाट धनगढीमा सुरु हुने दोस्रो संस्करणको धनगढी प्रिमियर लिग डिपीएलको टिम काठमाडौँ गोल्डेन्सले २ बिदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ।

डिपीएलमा प्रत्येक टिमले २ जना बिदेशी खेलाडी अनिवार्य टिममा राख्नुपर्ने ब्यबस्था गरेको छ। नियमानुसार बिदेशी खेलाडी सार्वजनिक गर्ने काठमाडौँ दोश्रो टिम बनेको छ। यस अघि शक्ति गौचन कप्तानी तथा रणनीति खेलाडी रहेको रुपन्देही च्यालेन्जर्सले २ बिदेशी खेलाडी सार्वजनिक गरिसकेको छ। ओमान राष्ट्रिय क्रिकेटर सुफ्यान मेहमुद तथा भारत कोलकाताका घरेलु क्रिकेटर दिपक प्रसाद च्यालेन्जर्सबाट खेल्नेछन्।

ज्ञानेन्द्र मल्ल रणनीति खेलाडी रहने काठमाडौँ गोल्डेन्सले यस अघि एभरेस्ट प्रिमियर लिग इपिएलमा ललितपुर प्याट्रिएट्सको लागि खेलेका दुई भारतीय क्रिकेटर जयकिशन कोल्सावाला र सन्नी पटेललाई अनुबन्धित गरेको छ। जयकिशन विकेटकिपर तथा ओपनिंग ब्याट्सम्यानको भूमिकामा खेल्छन् भने सन्नी पटेल आक्रामक ब्याट्सम्यान तथा लेग स्पिन बलिंग गर्नेगर्छन्।

Sunny Patel
Sunny Patel ( Photo – Lalit Patriots Facebook )

ईपीएलमा ललितपुरको कप्तानी पनि ज्ञानेन्द्र मल्लले गरेका थिए भने प्रशिक्षक राजु बस्नेत पनि ललितपुरको प्रशिक्षक थिए जो गोल्डेन्सको पनि प्रशिक्षक रहनेछन्।

डीपीएल अक्सनमा गोल्डेन्सले नरेश बुढाएरलाई सर्वाधिक १ लाख २० हजार रुपैयाँमा तथा ललित राजबंशी, अमित श्रेष्ठ, किशोर महतो र शाहब आलमलाई १ लाख रुपैयाँमा खरिद गरेको थियो। सन्तोष भट्टलाई ९५ हजार रुपैयाँ तथा राशिद खानलाई ५५ हजार रुपैयाँमा गोल्डेन्सले खरिद गरेको थियो।

ईपीएलमा कोल्सावाला र पटेलको राम्रो प्रदर्शन 

२०१७ डिसेम्बरमा सम्पन्न इपिएलमा ललितपुर प्याट्रीएट्सको लागि खेलेका जयकिशन कोल्सावाला र सन्नी पटेलले राम्रो प्रदर्शन गरेका थिए। कोल्सावालाले ललितपुरलाई प्लेअफसम्म पुर्याउन ७ खेलमा २२७ रन बनाउदै टिम सबैभन्दा सफल खेलाडी मध्ये आफुलाई उभ्याउन सफल भएका थिए। यस्तै पटेलले अलराउण्ड प्रदर्शन गर्दै ४ खेलमा ५ विकेट तथा कुल ६६ रन समेत बनाएका थिए। जयकिशन बरोडाका लागि रणजी खेलीसकेका खेलाडी हुन् भने पटेल गुजरातको लागि रणजी खेलीसकेका खेलाडी हुन्।

Jaykishan Kolsawala
Jaykishan Kolsawala ( Photo – Lalitpura Patriots Facebook )

काठमाडौँ गोल्डेन्स टिम :

ज्ञानेन्द्र मल्ल, नरेश बुढायर, ललित राजबंशी, अमित श्रेष्ठ, सन्तोष भट्ट, किशोर महतो, रासिद खान, संजय श्रेष्ठ, शाहब आलम, पुष्प थापा, भुपेन्द्र थापा, संजय बस्नेत, जयकिशन कोल्सावाला, सन्नी पटेल

डिपीएलमा अन्य टिमहरुले आफ्नो टिममा खेल्ने बिदेशी खेलाडीको नाम सार्वजनिक गरेको छैनन्। पारस खड्काको टिम बिराटनगर किंग्सले एभरेस्ट प्रिमियर लिगमा उनको टिम बिराटनगर वारियर्सबाट खेलेका अंशुमन रथ र बाबर हयातलाई टिममा समाबेश गर्ने बताईएता पनि घोषणा भने गरिसकेको छैन।

डीपीएलको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भइसकेको छ। चैत्र १७ गतेबाट धनगढीमा सुरुहुने प्रतियोगिताको पहिलो खेलमा सोमपाल कामी रणनीतिक खेलाडी रहेको टिम चौराहा धनगढीले ज्ञानेन्द्र मल्ल रणनीतिक खेलाडी रहेको काठमाडौं गोल्डेनसको सामना गर्ने छ। खेल दिउँसो १:०० बजेबाट सुरुहुने छ।

केहिदिन अघि मात्र आईसीसीबाट मान्यता प्राप्त गरेको दोस्रो सिजनको डीपीएलको बिजेताले २५ लाख रुपैयाँ पाउनेछ जुन नेपाली घरेलु क्रिकेटकै सर्बाधिक पुरस्कार राशी हो। यस्तै उपविजेताले रु. १० लाख, तेश्रो हुने टिमले रु. ३ लाख तथा चौथो हुने टिमले रु. २ लाख पुरस्कार पाउनेछ। यस्तै उत्कृष्ट हुने खेलाडीले टिभीएस अपाचे १८० सिसिको मोटरसाइकल पाउनेछ भने प्रत्येक खेलको म्यान अफ द म्याचले रु. १० हजार पाउनेछ। आयोजकले प्रतियोगिताको पुरस्कारको लागि मात्रै ५० लाख रुपैयाँ कम्तिमा खर्च हुने बताएको छ। प्रतियोगिताको अनुमानित लागत ३ करोड रुपैयाँ रहेको छ।

प्रतियोगितामा खेलाडी छनौट गर्नका लागि गत महिना सम्पन्न अक्सन मार्फत सम्पन्न बसन्त रेग्मी, करन केसी, सागर पुन र आरिफ शेख सर्वाधिक महंगा खेलाडी बनेका थिए। बसन्त रेग्मीलाई बिराटनगर किंग्स, करन केसी र आरिफ शेखलाई महेन्द्रनगर युनाईटेड र सागर पुनलाई रुपन्देही च्यालेन्जर्सले रु १,५०,००० को बोलि लागाएका थिए। सबै खेलाडी “ए” श्रेणीका खेलाडी हुन्। अक्सनमा ‘ए’ श्रेणी मा रहेका खेलाडीहरुको न्यूनतम मूल्य १ लाख बाट बोलि लाग्न सुरु हुने र अधिकतम १ लाख ५० हजारसम्म बोलि लाग्ने नियम थियो।





थप समाचार

देवको कप्तानीमा एसीसी अन्डर-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय […]

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]