रोमान्चक खेल अन्तिम बलमा जित्दै काठमाडौँ प्लेअफमा

Sunny Patel
  • विकेटनेपाल -२३ चैत्र, शुक्रवार

धनगढ़ी प्रिमियर लिग (डिपिएल) अन्तर्गत शुक्रवारको एक मात्र खेलमा काठमाडौं गोल्डेन्सले रोमान्चक जित दर्ता गरेको छ । प्रतियोगितामा लागातर चौथो जित हात पार्ने क्रममा काठमाडौंले बिराटनगर किंग्स विरूद्द रोमान्चक खेलमा ५ विकेटको जित दर्ता गर्यो। जितसंगै गोल्डेन्सले अंकतालिकाको शिर्ष स्थानमा लिगको अन्त्य गर्ने पक्का भएको छ।

स्कोरकार्ड

Kathmandu Goldens
Kathmandu Goldens

टस जित्दै पहिले ब्याटिंग गरेको बिराटनगरले दिएको १६५ रनको लक्ष्यको पिछा गर्न मैदान उत्रिएको काठमाडौं गोल्डेन्सले खराब सुरुवात गर्यो । टोलिको खातामा मात्र ७ रन हुँदा व्यक्तिगत ५ रनको स्कोरमा अमित श्रेष्ठ पभेलियन फर्किए । उनि बसन्त रेग्मीको बलमा एल बि डब्लु धरापमा परेका थिए । यस्तै टोलिको स्कोर ३३ रन हुँदा अर्का ओपनर ब्याट्सम्यान सुबोथ भाटीसमेत व्यक्तिगत १० रन जोड्दै आउट हुनपुगे।

काठमाडौं गोल्डेन्सको ब्याटिंगमा तेस्रो नम्बरमा बढुवा पाएका भुपेन्द्र थापाले ज्ञानेन्द्र मल्लसंग मिलेर तेस्रो विकेटको लागि ३१ रनको साझेदारी गर्दै काठमाडौंको चेजलाई लयमा फर्काउने प्रयास गरे । २८ बल खेलेका भुपेन्द्रले ३ चौका र २ छक्का सहित व्यक्तिगत ३६ रनको योगदान गरे । यस्तै पुष्प थापाले १७ बलमा २४ रन जोड्दै काठमाडौं गोल्डेन्सलाई जित तर्फ अघि बढाउन सहयोग गरे।

Gyanendra Malla
Gyanendra Malla

एक तर्फबाट भने कप्तानी इनिंग खेल्दै ज्ञानेन्द्र मल्लले काठमाडौंको जितको काहानी कोर्न सहयोग पुर्याए । जितको लागि ३२ रन बाँकी छदाँ पुष्प थापा आउट भएपछि मैदान उत्रिएका सन्नी पटेलले बिष्फोटक ब्याटिंग गर्दै पारस खड्काको १९ औं ओभरमा २ छक्का सहित १४ रन जोडे । अब काठमाडौं गोल्डेन्सलाई जितका लागि अन्तिम ओभरमा ६ रनको आवश्यकता थियो र ५ विकेट हातमा थियो । बिराटनगरकोतर्फबाट युवा बलर राम नरेश गिरीले अन्तिम ओभरको बलिंग गर्ने मौका पाए।

कस्तो थियो अन्तिम ओभर 

२० औं ओभरको पहिलो बलमा राम नरेशले उत्कृस्ट योर्कर फाल्दै सन्नी पटेललाई रन जोड्ने मौका दिएनन्। ओभरको दोस्रो बलमा राम नरेशले अर्को सटिक योर्कर बल गरे तर सन्नी पटेलले त्यसलाई १ रनमा परिणत गर्न सफल भए। अब काठमाडौंलाई जितका लागि ४ बलमा ५ रनको जरुरत थियो। ओभरको तेस्रो बलमा राम नरेशको सुस्त गतिको बललाई ज्ञानेन्द्रले हावामा सट खेल्न पुगे तर डिप प्वाइन्टको क्षेत्रमा सौरभ खनालले क्याच छोड्न पुग्दा ज्ञानेन्द्रले थप दुई रन जोड्न सफल भए।

३ बलमा ३ रनको आवश्यकता भएको समय ओभरको चौथो बललाई ज्ञानेन्द्रले सिधा फिर्दोश अन्सारीको हातमा सट खेल्दै रन लिन दौडिए तर फिर्दोश अन्सारीले रन आउट गर्ने सजिलो मौका गुमाउंदा मल्ल र सन्नी पटेलले थप दुई रन लिन सफल भए।अब काठमाडौंलाई दुई बलमा १ रनको जरुरत थियो तर ज्ञानेन्द्र मल्लले ओभरको पाँचौं बलमा रन जोड्न सकेनन्। अन्तिम बलमा जितको लागी १ रन आवश्यक हुँदा मल्लले राम नरेशको फुल टस बललाई ६ रनको लागि प्रहार गर्दै काठमाडौंलाई जित दिलाए।

ज्ञानेन्द्र ४० बलमा ५ चौका र ४ छक्का सहित ६८ रन तथा सन्नी पटेल १० बलमा १ चौका र ३ छक्का सहित २५ रनमा अविजित रहे । मल्ल खेलको म्यान अफ द म्याच समेत घोषित भए।

Babar Hayat
Babar Hayat

यसअघि टस जित्दै पहिले ब्याटिंग गरेको बिराटनगर किंग्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६४ रनको योगफल तयार गरेको थियो । उसको इनिंगमा बाबर हयातले ६७ रन जोडेका थिए । मात्र ३३ बलमा हयातले ३ चौका र ७ छक्का प्रहार गरेका थिए। यस्तै दिलिप नाथले समेत ३३ रनको योगदान गरेका थिए । काठमाडौंको बलिंगमा ललित नारायण राजबंशीले ३ विकेट लिए ।

Dilip Nath
Dilip Nath
Gyanendra Malla
Gyanendra Malla




थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]