को पुग्ला फाइनल ? काठमाडौँ र महेन्द्रनगर बीच प्रतिस्पर्धा

Gyanendra Malla, Binod Bhandari
  • विकेटनेपाल, २८ चैत, बिहिबार

धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो क्वालिफायर खेलमा महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्स प्रतिस्पर्धा गर्दैछन्। वर्षाको कारण बुधबार सुरु भएको खेल ओभर मात्रै हुन पाएको थियो जसपछि खेल रद्द गरिएको थियो। मंगलवार भएको एलिमिनेटर खेलमा सिवाइसी अत्तरियालाई पराजित गरेसंगै महेन्द्रनगरले दोस्रो क्वालीफायरमा स्थान बनाएको हो।

खेल १२:३० बजे बाट एसएसपी मैदानमा सुरु हुने तालिका रहेको छ। खेलमा बिजयी हुने टिमले शुक्रबार हुने फाइनल खेलमा टिम चौराहा धनगढीको सामना गर्नेछ।

काठमाडौँ गोल्डेन्सले लिग चरणमा खेलेको ४ वटा खेलमा जित हात पारेको थियो भने १ खेल वर्षाको कारण नतिजाबिहिन भएको थियो। यस्तै महेन्द्रनगर युनाइटेडले ५ खेलमा २ जित र १ हार बेहोर्द २ खेल वर्षाको कारण नतिजाबिहिन भएको थियो। समुह चरणमा गोल्डेन्स लिगको शिर्षस्थानमा रहँदै तथा युनाइटेड तेश्रो स्थानमा रहँदै प्लेअफको यात्रा तय गरेको थियो।

महेन्द्रनगर युनाइटेडको हालसम्मको नतिजा – 

पहिलो खेल – बिराटनगर किंग्सलाई ३३ रनले पराजित
दोश्रो खेल – टिम चौराहासंग ८ विकेटको हार
तेश्रो खेल – रुपन्देही च्यालेन्जर्सलाई ४ विकेटले पराजित
चौथो खेल – वर्षाले खेल रद्द ( सीवाईसी अत्तरियासंग )
पाँचौ खेल –  वर्षाले खेल रद्द ( काठमाडौँ गोल्डेन्ससंग )
छैठौ खेल ( इलिमीनेटर ) –  सीवाईसी अत्तरिया १५ रनले पराजित

काठमाडौं गोल्डेन्सको हालसम्मको नतिजा – 

पहिलो खेल – टिम चौराहालाई ७ विकेटले पराजित
दोश्रो खेल – रुपन्देही च्यालेन्जर्सलाई ६३ रनले पराजित
तेश्रो खेल – सीवाईसी अत्तरियालाई ११ रनले पराजित
चौथो खेल – बिराटनगर किंग्सलाई ५ विकेटले पराजित
पाँचौ खेल – वर्षाले खेल रद्द ( महेन्द्रनगर युनाइटेड )
छैठौं खेल ( क्वालिफायर ) –  टिम चौराहासंग १ विकेटको हार

Kathmandu Goldens
Kathmandu Goldens

काठमाडौं गोल्डेन्स :

ज्ञानेन्द्र मल्ल (कप्तान) , नरेश बुढाएर , बिक्रम ठगुन्ना , ललित राजबंशी ,अमित श्रेष्ठ , सन्तोष भट्ट , किशोर महत्तो , राशिद खान , जितेन्द्र सिंह ठकुरी , शाहब आलम , पुस्प थापा , भुपेन्द्र थापा , संजय बस्नेत , सुबोध भाटी (भारत) , सन्नी पटेल (भारत)

महेन्द्रनगर युनाइटेड :

बिनोद भण्डारी (कप्तान) , करन केसी , अभिनास कर्ण , मोहम्मद आरिफ शेख , नारायण जोसी , प्रनित थापा मगर , हरि शंकर साह
अरुण ऐरी , भुवन कार्की , मोहम्मद आशिफ शेख , रोहित कुमार पौडेल , रोबिन क्षेत्रि , दिपेन्द्र चन्द , पुनित बिष्ट (भारत) , पुनित मेहरा (भारत)





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]