काठमाडौँ जिल्ला छनौट : ग्रेट हिमालय र महाबिर विजयी

काठमाडौँ मुलपानी क्रिकेट मैदानमा जारि सिनियर काठमाडौँ जिल्ला छनौट प्रतियोगिता अन्तर्गत बुधबार सम्पन दोश्रो दिनको खेलमा महाबिर क्रिकेट क्लब र ग्रेट हिमालय क्रिकेट एकेडेमीले जित हात पारेका छन्।

दिनको पहिलो खेलमा महाबिर क्रिकेट क्लबले यंगाल क्रिकेट क्लबलाई १० विकेटले पराजित गर्यो। यंगालले दिएको १ सय २० रनको लक्ष्य महाबिर क्लबले विकेट नगुमाई १४ ओभरमा पुरा गर्यो। महाबिरको जितमा प्लेयर अफ द म्याच चुनिएका रोबिन जोशीले अविजित ८४ रन बनाए। जोशीले ४६ बलमा १२ चौका र २ चौका प्रहार गरे। यस अघि यंगाललाई सस्तोमा समेट्न रास्ट्रिय क्रिकेटर समेत रहेका महाबिरका बलर सन्जम रेग्मीले ३ विकेट ( ५-२-९-३ ) लिएका थिए।

Mahabir Cricket Club
Mahabir Cricket Club

दोश्रो खेलमा ग्रेट हिमालय क्रिकेट एकेडेमीले फरेभर क्रिकेट बोइज क्लबलाई ८७ रनले पराजित गर्यो। ग्रेट हिमालयले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याउने क्रममा फरेभरले १०४ रनमा सबै विकेट गुमायो। ग्रेट हिमालयको जितमा राष्ट्रिय क्रिकेटर इशान पाण्डेले शतकीय योगदान दिए। पाण्डेले ७८ बलमा १४ चौका र १ छक्का प्रहार गरे। यस्तै बलिंगमा अरीयो पौडेलले ४ विकेट ( ५-०-२५-४ ) लिए।

काठमाडौँका १२ क्लब तथा एकेडेमीका टोलिहरु सहभागी प्रतियोगिता फाल्गुन २९ गतेसम्म चल्नेछ। प्रतियोगिताको सबै खेलहरु २५ ओभर प्रति इनिंगको खेलाइने छ। चैतमा हुने प्रधानमन्त्री कप प्रतियोगिताको छनौट स्वरूप प्रतियोगिता आयोजना गरिएको हो।





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]