काठमाडौँ मेयर कप फाल्गुन २२ गते देखि, ५ वटा टिम सहभागी हुने

काठमाडौँ महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघले आयोजना गर्ने पहिलो संस्करणको काठमाडौँ मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिता यही फाल्गुन २२ गते देखि सुरु हुने भएको छ।

प्रतियोगिताको लागि काठमाडौँ महानगरपालिकाले नेपाल क्रिकेट संघलाई ५० लाख रुपैयाँ उपलब्ध गराउनेछ। चैत मसान्तभित्र प्रतियोगिता आयोजना सम्पन्न गर्ने गरि नेपाल क्रिकेट संघ ( क्यान ) र काठमाडौँ महानगरपालिका बीच गत महिना सम्झौता भएको थियो।

नेपाल क्रिकेट संघले बुधबार प्रेस बिज्ञप्ति जारि गर्दै प्रतियोगिताको मिति घोषणा गरेको हो। ८ दिन चल्ने प्रतियोगिता फाल्गुन २२ गते देखि २९ गते सम्म संचालन हुने छ।

प्रतियोगिताको खेलहरु त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान, किर्तिपुर र मुलपानी क्रिकेट मैदानमा आयोजना हुनेछ।

प्रतियोगितामा गत महिना काठमाडौँमा सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको सेमीफाइनलमा पुग्ने टिमहरु त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेशले तथा काठमाडौँ महानगरपालिका टिम गरि ५ टोलि प्रतिस्पर्धा गर्नेछन्।

काठमाडौँ महानगरपालिकाको टिममा प्रदेश-२, प्रदेश-२, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबाट छानिएका खेलाडीहरु रहनेछन्।

प्रतियोगिता सिंगल राउण्ड रोबिन फर्म्याटमा खेलाइने बताईएको छ जस अन्तर्गत सहभागी ५ टोलिले एकअर्का संग १-१ खेल खेल्नेछन् जसपछि अंकतालिकामा उत्कृस्ट हुने दुई टिमले उपाधिको लागि खेल्नेछ। तथापी क्यानले अधिकारिक रुपमा प्रतियोगिताको फर्म्याट र खेल तालिका भने सार्वजनिक गरेको छैन।

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको समाप्ति पछि नेपाल क्रिकेट संघले सुरु गरेको राष्ट्रिय खेलाडीहरुको बन्द प्रशिक्षण मंगलबार समाप्त भए पछि अब खेलाडीहरुले मेयर कपको तयारी थाल्नेछन्। क्यानले खेलाडीहरुलाई बन्द प्रशिक्षणबाट बाहिर पठाईसकेको छ।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/ipl-ca-imposes-limitation-on-ipl-adv/

https://wicketnepal.com/gambhir-on-sandeep-ipl-mini-auc-wn21/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy