फाइनल प्रवेशका लागि काठमाडौंलाई १११ रनको लक्ष्य

तेस्रो संस्करणको धनगढी प्रिमियर लिग अन्तर्गत जारि पहिलो क्वालिफायर खेलमा सिवाइसी अत्तरियाले काठमाण्डौ गोल्डेन्सलाई १११ रनको लक्ष्य दिएको छ।

जारि खेलमा बिजयी हुने टिम सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टिमले बिहिबार हुने महेन्द्रनगर र रुपन्देहीको बिजेतासँग दोश्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ।

टस जितेर पहिले ब्याटिंग गरेको अत्तरियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११० रनको योगफल तयार पारेको छ। अत्तरियाको लागि जयकिशन कोल्सवाला र सुबेन्दु पाण्डेले २६ रनको साझेदारी गरेका थिए। पहिलो विकेटको रुपमा आउट हुनुअघि कोल्सवालाले २० बलमा २ चौका सहित १३ रन बनाएका थिए।

राम्रो सुरुवात गरेको अत्तरियाका लागि झट्का दिनेक्रममा काठमाडौंका अंकित दबासले छैठौं ओभरको तेस्रो र चौथो लगातार दुई बलमा कोल्सवाला र रित गौतमलाई आउट गरे। गौतम गोल्डेन डक भए।

कप्तान ऐरीले सुबेन्दु पाण्डेसँग ४० रनको साझेदारी गरे। उक्त साझेदारीमा ऐरीले एघारौँ र बाह्रौं ओभरको तेस्रो र चौथो बलमा लगातार चौका प्रहार गरेका थिए। ऐरीले ३३ रन बनाउन ३४ बलमा ५ चौका हानेका थिए। लगत्तै सुबेन्दु पाण्डेपनि सुर्य तामांगको सोहि ओभरमा १६ रन बनाएर आउट भए।

१४ ओभरको समाप्तीमा ६८/४ को स्थितिबाट सन्नी पटेल र जितेन्द्र ठकुरीले ३५ रनको साझेदारी गरे। साझेदारीको क्रममा सन्नी पटेलले २ छक्का र १ चौका समेत हानेका थिए। पाचौं विकेटको रुपमा १९  औं ओबरको अन्तिम बलमा ठकुरी ६ रनको व्यक्तिगत स्कोरमा स्टम्प आउट भए। लगत्तै अन्तिम ओभरको तेस्रो बलमा बिक्रम भुसालको क्याचमा सन्नी पटेल पनि २४ बलमा आक्रामक २८ रन बनाएर पेभेलियन फर्किए।

पाचौं बलमा सन्दिप जोरा २ रन लिन खोज्दा १ रन पुरा गरेपछि व्यक्तिगत ३ रनमा रन आउट भए भने अन्तिम बलमा समेत भुवन कार्की १ रनमा रन आउट भए। कमल ऐरी कुनै बल सामना नगरी अविजित रहे।

बलिंगतर्फ काठमाडौंका लागि सुर्य तामांग (३-०-१४-२) र अंकित दबास (४-०-११-२) ले समान २/२ तथा राशिद खानले १ विकेट लिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy