EPL : काठमाडौँ प्लेअफ पुग्दा ललितपुर बाहिर, प्ले अफ समीकरण पुरा

काठमाडौँमा जारि एभरेस्ट प्रिमियर लिग अन्तर्गत मंगलबारको काठमाडौँ किंग्स-११ र भैरहवा ग्ल्याडीएटर्स बीचको एक मात्र खेल वर्षाका कारण खराब आउटफिल्डका कारण सम्भव नहुँदा दुवै टिमले एक/एक अंक बाँडेका छन्। गय राति लगातार भारि वर्षा पछि मैदान नसुके पछि टस समेत नभई खेल रद्द भएको हो।

खेल रद्द भएसंगै काठमाडौँ किंग्स-११ प्लेअफ पुगेको छ। ५ खेल खेल्दा काठमाण्डौंले १ खेलमा जित र ३ हार बेहोर्यो भने १ खेल नतिजाविहिन रह्यो। समान ३ अंक र समान १ जित रहेको ललितपुर नेट रन रेटमा पछि पर्दै पाँचौ स्थानमा रहेपछि प्लेअफ पुग्न असफल रह्यो।

आज १ अंक पाएको भैरहवाको पोखरासंग समान ७ अंक भएता पनि बढी जित भएको कारण पोखरा राईनोज अंकतालिकाको दोश्रो स्थानमा रहँदै पहिलो क्वालीफायर खेल्न छनोट भएको छ। पोखराको ५ खेलमा ३ जित रह्यो भने भैरहवाको २ जित मात्र रह्यो। बुधबार बिहान ९:३० बजे हुने पहिलो क्वालीफायरमा सोमपाल कामि कप्तानीको चितवन टाइगर्स र बिनोद भण्डारी कप्तानीको पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन्। उक्त खेल जित्ने टिम फाइनल पुग्नेछ।

यस्तै भोलि दिउसो १:३० बजे सुरु हुने इलिमीनेटरमा भैरहवा ग्ल्याडीएटर्स र काठमाडौँ किंग्स-११ ले प्रतिस्पर्धा गर्नेछन्। उक्त खेलमा विजयी हुने टिमले पहिलो क्वालीफायरको विजेता टिमसंग फाइनल प्रवेशको लागि बिहिबार खेल्नेछ।

लिग अंकतालिकामा पाँचौ र छैटौं स्थानमा रहेको डिफेन्डिङ च्याम्पियन ललितपुर पेट्रिएट्स र बिराटनगर वारियर्स भने पहिलो चरणबाट बाहिर भएको छ।





थप समाचार

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]

नेपालमा त्रिकोणात्मक सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा अर्को महिना आयोजना हुने त्रिकोणात्मक टी–२० आई सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा भएको छ। नेदरल्यान्ड्स […]

जय ट्रफी दुई दिवसीय क्रिकेट: आर्मीविरुद्ध मधेश फलो अनमा

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत पहिलो दिनको खेल समाप्त हुँदा विभागीय टोली त्रिभुवन आर्मी […]

जय ट्रफी दुई दिवसीय क्रिकेट : बागमतीविरुद्ध पुलिस ९५ रनले अघि

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले […]

महिला टाेलीले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय सिरिजको आयोजना गर्ने भएको छ। क्यानले शनिवार एक विज्ञप्ती […]