सनसनिपूर्ण खेल अन्तिम बलमा जित्दै ललितपुर ईपिएलको फाइनलमा

  • विकेटनेपाल, पौष-३ , मंगलबार 

एभरेस्ट प्रिमियर लिग टि-२० अन्तर्गत सनसनिपूर्ण पहिलो क्वालीफायरमा काठमाडौँ किंग्स-११ लाई पराजित गर्दै ललितपुर प्याट्रीएट्स प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।

अब इलिमिनेटर खेलमा बुधबार भैरहवा ग्ल्याडीएटर्सले चितवन टाइगर्सको सामना गर्दैछ जुन खेलको विजेताले दोश्रो क्वालीफायरमा काठमाडौँ किंग्स-११ को सामना गर्छ र त्यस खेलको बिजेताले ललितपुरको फाइनलमा सामना गर्नेछ।

खेलमा  पहिले ब्याटिंग गर्दै काठमाडौँले दिएको १०९ रनको लक्ष्य ललितपुरले ९ विकेट गुमाएर २० ओभरमा पुरा गर्दै १ विकेटको जित निकाल्यो। एभरेस्ट प्रिमियर लिगमा ललितपुर र काठमाडौँ बीच हालसम्म भएको ३ वटै खेलमा ललितपुर बिजयी भएको छ।

अन्तिम बलसम्म पुग्यो खेल, योगेन्द्र सिंह कार्कीको शानदार ब्याटिंग 

१०९ रनको लक्ष्य पछ्याउने क्रममा ललितपुरले पनि खराब सुरुवात गर्यो। फर्ममा रहेका गौरभ तोमर पहिलो ओभरमा १ रन बनाएर केभिन ओ ब्रायनको बलमा क्याच समातिन पुगे। त्यसपछि चौथो ओभरमा जयकिशन कोल्सावाला पनि ७ रन बनाएर रोहन मुस्तफाको बलमा बोल्ड हुन पुगे।

त्यसपछि तेश्रो विकेटको लागि ज्ञानेन्द्र मल्ल र पवन सर्राफले योगफल अघि बढाउने प्रयास गरे पनि कप्तान मल्ल आठौं ओभरमा संसाद शेखको बलमा एलबिडब्लु आउट हुन पुग्दा पुनः प्याट्रीएट्सले लगातार विकेट गुमाउन पुग्यो। मल्ल २१ रन ( २२ बल , ४ चौका ) बनाएर आउट भए।

मल्लको विकेट पछि लेग स्पिनर प्रदिप साहुले पवन सर्राफ ( १९ रन , २१ बलमा , १ चौका र १ छक्का ) लाई क्याच आउट गराए। प्रदिपलेत्यही ओभर मा सन्दिप जोरा ( ० ) र सन्नी पटेल ( ० ) को लगातर विकेट लिंदा ललितपुर १०.४ ओभरमा ५४/६ को नाजुक अवस्थामा पुग्यो।

ज्ञानेन्द्र र सन्नीले विकेट गुमाएपछि अम्पायरको निर्णयको बिरोध गरेका थिए। सन्नी पटेललाई अम्पायरले विकेटकिपरबाट क्याच आउट दिंदा टिभी रिप्लेमा ब्याट र बलको स्पस्ट ग्याप देखिएको थियो। टिभी कमेन्टेटरले विकेट पछि निर्णयको विपक्षमा मत दिएका थिए।

सन्नी आउट भएको बल 

नाजुक अवस्थामा पुगेको ललितपुरको इनिंगलाई त्यसपछि कुशल भुर्तेल र योगेन्द्र सिंह कार्कीले साझेदारी गर्दै टिमलाई लक्ष्यतर्फ अघि बढाए। ५४/६ बाट दुवैले योगफल ९१ रन पुर्याउदा ललितपुरको पक्षमा जित देखिन थालेको थियो तर भुर्तेललाई १८ औं ओभरमा रोहन मुस्तफाले क्याच आउट गराउदा काठमाडौँ पुनः खेलमा फर्कियो। भुर्तेलले २७ बलमा २ चौका र १ छक्का मदतले २९ रन बनाए।

कुशलको विकेट पछि ब्याटिंग गर्न आएका सोनु तामांग ( १ रन ) लाई केभिन ओ ब्रायनले १९ औं ओभरको तेश्रो बलमा क्याच आउट गराए पछि ललितपुर ९४/८ को अवस्थामा पुग्यो। केभिनले १९ औं ओभरमा ६ रन खर्चिए।

अन्तिम ओभरमा के भयो 

अन्तिम ओभरमा ललितपुरलाई जितको लागि ९ रन आवस्यक थियो र बलिङ्ग गर्न आए जितेन्द्र मुखिया। जितेन्द्रले खेलमा अन्तिम ओभर अघि मात्र ४ बल गरेका थिए। सागर पुन बलिङ्ग गर्दै गर्दै घाइते भएपछि उनको ओभर पुरा गर्दा जितेन्द्रले बलिङ्ग गरेका थिए।

अन्तिम ओभरको पहिलो बलमा योगेन्द्र सिंह कार्कीले हानेको बलमा २ रन लिने चक्करमा सुर्य तामांग रन आउट हुन पुग्दा ललितपुरले नवौं विकेट गुमाए। त्यसपछि ११ औं नम्बरमा ब्याटिंग गर्न ललित राजबंशी आए। ओभरको दोश्रो बलमा जितेन्द्रको योरकरमा योगेन्द्रले रन बनाउन सकेनन्। तेश्रो बलमा जितेन्द्रको योरकरमा योगेन्द्रले २ रन लिए। चौथो बलमा योगेन्द्रले पुनः २ रन लिए। अब २ बलमा ललितपुरलाई जित्न ४ रन आवस्यक थियो जुन अवस्थामा योगेन्द्रले पुनः २ रन लिए।

अन्तिम बलमा जितको लागि ललितपुरलाई २ रन आवस्यक रह्यो। जितेन्द्रको अन्तिम बलमा मिड विकेटमा योगेन्द्रले २ रन लिए र टिमलाई रोमान्चक जित दिलाए।

प्लेयर अफ द म्याच समेत चुनिएका योगेन्द्रले अविजित २८ रन बनाउने क्रममा २९ बलमा १ चौका प्रहार गरे जसमा अन्तिम ओभरमा बनाएको ९ रन सामेल थियो।

काठमाडौँको बलिङ्गमा प्रदिप साहुले सर्वाधिक ३ विकेट लिने क्रममा ४ ओभरमा १ मेडन ओभर गर्दै मात्र ११ रन खर्चिए। यस्तै रोहन मुस्तफाले ४ ओभरमा २ विकेट लिन २३ रन खर्चिए भने केभिन ओ ब्रायनले २ विकेट लिन ४ ओभरमा २१ रन खर्चिए।

काठमाडौँको ब्याटिंग  

खेलमा टस हारेर ब्याटिंग गरेको काठमाडौँ किंग्स-११ ले १९.५ ओभरमा सबै विकेट गुमाएर १०८ रन बनाएको थियो।

काठमाडौँ किंग्स ११ ले ओपनर अमित श्रेष्ठ ( ९ रन ) लाई चौथो ओभरमा गुमाए पनि अर्को किनारमा रोहण मुस्तफाले आक्रामक ब्याटिंग गरे। अमित पवन सर्राफको बलमा सन्दिप जोराबाट समातिन पुगे।

खतरनाक सावित हुँदै गाएका कप्तान मुस्तफा सातौँ ओभरमा रन आउट हुन पुगे। २० बलमा २ छक्का र ३ चौका प्रहार गरेका उनलाई कुशल भुर्तेलले रन आउट गरे। मुस्तफाको विकेट लगतै आठौँ ओभरमा ललित राजबंशीको बलमा केभिन ओ ब्रायन ( १ रन ) स्विप गर्न खोज्दा विकेट किपरको हातबाट समातिन पुगे।

Pawan Sarraf
Pawan Sarraf ( Photo – Lalitpur Patriots , Facebook )

काठमाडौँको मुस्किल अझ बढाउन नरेश बुढायर ( १ रन ) पनि दशौँ ओभरमा पवन सर्राफबाट एलबिडब्लु हुन पुगे। त्यसै ओभरमा राजु रिजाल पनि जोराको हातबाट खाता नखोल्दै क्याच समातिन पुग्दा काठमाडौँ १० ओभरमा ६१/५ को नाजुक अवस्थामा पुग्यो।

त्यसपछि पनि काठमाडौँको विकेट जाने शिलशिला रोकिएन। १६ रन बनाएका सिद्धान्त लोहनीलाई १६ औं ओभरमा सन्नी पटेलले गुग्लिमा बोल्ड गरे। त्यसपछि प्रदिप साहु ( ९ रन ) लाई पनि योगेन्द्र सिंह कार्कीले क्याच आउट गराए गराए।

तेश्रो नम्बरमा ब्याटिंग गर्दै धैर्यता देखाएका सागर पुन पनि २९ रनको व्यक्तिगत स्कोरमा १९ औं ओभरमा सन्नी पटेलको बलमा विकेटकिपर कोल्सावालाबाट क्याच समातिन पुगे। पुनले ३० बलमा १ छक्का र १ चौका प्रहार गरे। त्यसपछि बिक्रम भुसाल ( २ रन ) र जितेन्द्र मुखिया ( ० ) ले पनि विकेट काठमाडौँले १९.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर १०८ रन बनायो।

ललितपुरको बलिङ्गमा पवन सर्राफ र योगेन्द्र सिंह कार्कीले ३/३ विकेट लिए जुन क्रममा ४ ओभरमा १ मेडन गर्दै १३ रन मात्रै खर्चिए। योगेन्द्रले २.५ ओभरमा १८ रन खर्चिए। यस्तै सन्नी पटेलले २ विकेट लिन ४ ओभरमा १८ रन खर्चिए। ललित राजबंशी ( ४-१-२३-१ ) ले १ विकेट लिए।

ललितपुर प्याट्रीएट्स प्लेयिंग ११ –  ज्ञानेन्द्र मल्ल ( कप्तान ) , सुर्य तामांग, ललित राजबंशी, कुशल भुर्तेल, पवन सर्राफ, सोनु तामांग, सन्दिप जोरा, योगेन्द्र कार्की, सन्नी पटेल, जय किशन कोल्सावाला, गौरभ तोमर

काठमाडौँ प्लेयिंग ११ – जितेन्द्र मुखिया , सागर पुन, नरेश बुढायर, अमित श्रेष्ठ, राजु रिजाल, संसाद शेख, सिद्धान्त लोहनी , बिक्रम भुसाल, रोहन मुस्तफा ( कप्तान ) , केभिन ओ ब्रायन,  प्रदिप साहु





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]