इपिएल टि-२० : पोखराद्वारा काठमाडौँलाई १६६ रनको लक्ष्य प्रस्तुत

  • विकेटनेपाल, मङ्सिर-२८ , शुक्रबार 

एभरेस्ट प्रिमियर लिग अन्तर्गत शुक्रबारको दोश्रो खेलमा पोखरा राइनोज र काठमाडौँ किंग्स-११ बीच लिग चरण अन्तर्गत ११ औं खेल टियु मैदानमा चलिरहेको छ।

खेलमा टस हारेर पहिले ब्याटिंग रोजेको पोखरा राइनोजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६५ रनको योगफल तयार गरेको छ।

उत्कृस्ट फर्ममा रहेका रिचर्ड लेभी र कप्तान कायल कोट्जरले पहिलो विकेटको लागि ४३ रनको साझेदारी गर्दै राइनोजलाई राम्रो सुरुवात दिलाए।

लेभीलाई लिगमा पहिलो खेल खेलीरहेका युएईका कप्तान समेत रहेका रोहण मुस्तफाले चौथो ओभरमा बोल्ड गर्दै किंग्स ११लाई पहिलो सफलता दिलाए। लेभीले २१ बलमा ३ छक्का र ४ चौका प्रहार गर्दै ३८ रन बनाए। पहिलो विकेट गुमेपछि कोट्जरले दोश्रो विकेटको लागि सुनिल धमला ( ९ रन ) संग ३३ रन तथा पल कग्लिनसंग ३२ रनको साझेदारी गरे।

Kyle Coetzer
Kyle Coetzer

धमलालाई आठौँ ओभरमा र कोट्जरलाई १३ औं ओभरमा लेग स्पिनर बिक्रम भुसालले आउट गरे। कोट्जरले २५ बलमा ६ चौका मदतले ३७ रन बनाए।

कोट्जरको विकेट पछि बिनोद भण्डार १७ रन ( ११ बल, २ छक्का ) बनाएर आउट हुँदा राजेश पुलामी पनि ९ रनमा पेभेलियन फर्किए। बिक्रम सोब र बिपिन खत्री ३/३ रनमा अविजित रहे।

फलस्वरूप पुरै २० ओभर ब्याटिंग गरेको पोखराले ६ विकेट गुमाएर १६५ रनको योगफल तयार गर्यो।

Kevin O Brian
Rohan Mustafa

काठमाडौँ किंग्स ११ को बलिङ्गतर्फ केभिन ओ ब्रायन र बिक्रम भुसालले समान २/२ विकेट लिए। भुसालले ४ ओभरमा २४ रन तथा ब्रायनले ४ ओभरमा ३९ रन खर्चिए। रोहन मुस्तफा ( ४-१-२१-१ ) तथा सम्षद शेख ( ४-०-३४-१ ) ले समान १/१ विकेट हात पारे भने जितेन्द्र मुखिया ( २-०-३२-० ) र सागर पुन ( २-०-१३-० ) विकेट विहिन रहे।

अघिल्लो खेलमा समेत घाइते भएका कारण अनुपस्थित सोमपाल आज पनि खेल्न सकेका छैनन् जसको सट्टा रोहन मुस्तफाले टिमको कप्तानी गरिरहेका छन्।

लिगको अंकतालिका

लिग अन्तर्गत काठमाडौँले पहिलो खेलमा चितवन टाइगर्सलाई पराजित गरेको थियो भने दोश्रो खेलमा ललितपुरसंग भने १० विकेटको पराजय बेहोरेको थियो। उता पोखराले भने  पहिलो खेलमा भैरहवासंग २१५ रनको योगफल बनाउदा पनि पराजित हुन परेको पोखराले त्यसपछि दोश्रो खेलमा ललितपुरसंग पनि १६६ रनको योगफल बचाउन सकेन। तेश्रो खेलमा ब्याटिंग नचल्दा ८४ रन मात्रै बनाए पनि बिराटनगर बिरुद्ध राम्रो बलिङ्ग गरेको राइनोजले सुपर ओभरमा खेल गुमाउनु परेको थियो।

लिग अन्तर्गत आजै सम्पन्न पहिलो खेलमा चितवन टाइगर्सले पहिलो जित निकाल्ने क्रममा बिराटनगर वारियर्सलाई ५ रनले पराजित गर्यो। जितसंगै अंक तालिकामा चितवन ४ खेलमा ३ हार र १ जितको साथ चौथो स्थानमा उल्केको छ। उता ४ खेलमा २ जित र २ हारको साथ बिराटनगर तेश्रो स्थानमा यथावत रहेको छ। ३/३ जित हात पार्दै ललितपुर प्याट्रीएट्स र भैरहवा ग्ल्याडीएटर्स प्लेअफ पुगी सकेका छन्।

 

 





थप समाचार

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने 

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजना हुने भएको छ । […]

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]