अन्तिम ओभरसम्म पुगेको खेलमा काठमाण्डौको रोमान्चक जित

Kathmandu Goldens

धनगढीमा आजदेखि सुरु भएको तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत काठमान्डौ गोल्डेन्सले धनगढी स्टार्सलाई ४ विकेटले पराजित गर्दै बिजयी सुरुवात गरेको छ।

धनगढीले दिएको १३३ रनको बिजयी लक्ष्य काठमाण्डौले एकबल अगावै ६ विकेट गुमाएर पुरा गर्यो।

काठमाण्डौको लागि गौरव तोमर र अनिल शाहले राम्रो सुरुवात दिलाएका थिए। पहिलो विकेटको रुपमा आउट हुनुअघि तोमरले २८ रनको पारि खेल्दै ६ ओभरमा ३२ रनको साझेदारी गरे।

दोश्रो विकेटको लागि भारतीय खेलाडी अंकित दबासले अनिलसँग मिलेर ५७ रनको साझेदारी गरे। दबास २३ बलमा २ चौका र त्यतिनै छक्का हान्दै २६ रन बनाएर मुस्तफाको पहिलो सिकार बनेका थिए। टिमको तेस्रो विकेटको रुपमा अनिल शाह पनि २४ रनको स्कोर बनाएर मुस्तफाकै सिकार बने।

त्यसपछि लगातार ज्ञानेन्द्र मल्ल ३ रन, सोनु तामांग २ रन, योगेन्द्र कार्की २ रन बनाएर आउट भएपछी धनगढी कुनै समय १०४/६ को स्थितिमा थियो।

टिमलाई जितको लागि अन्तिम ओभर ८ रन आबश्यक रहेको बेला बिक्रम भुसाल र मेहबुब आलम क्रिजमा थिए। सोमपाल कामिले युएईका बलर आमिर ह्यातलाई बलिंग गराएका थिए।

पहिलो बल: आलम १ रन
दोश्रो बल: बिक्रम नो रन
तेस्रो बल: बिक्रम १ रन
चौथो बल: मेहबुब २ रन
पाचौं बल: मेहबुब चौका

यो संगै सातौँ विकेटको लागि बिक्रम भुसाल र मेहबुब आलमले २.५ ओभरमा २९ रनको साझेदारी गर्दै टिमलाई जित दिलाए। बिक्रमले अविजित १४ रन तथा आलमले अविजित १२ रन बनाए। 

बलिंगतर्फ रोहन मुस्तफाले ४ विकेट लिनेक्रममा ४ ओभरमा २७ रन खर्चिए पनि जितको लागि पर्याप्त हुन सकेन। त्यस्तै अमिर ह्यात र बिपिन खत्रीले १/१ विकेट लिए।

फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको धनगढी स्टार्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३२ रनको स्कोर बनायो। उसका लागि अमित श्रेष्ठले पहिलो खेलमा नै अर्धशतक प्रहार गरे।

अमित श्रेष्ठले ५० रनको पारि खेल्दै बोल्ड आउट हुनुअघि ५० बलमा ४ चौका र २ छक्का प्रहार गरे।

रोहन मुस्तफा खाता नखोल्दै रन आउट भएका थिए। धमलाले ३ रन बनाए भने सन्दिप रजाइलीले २८ रन (३५ बल, ४ चौका) को पारि खेल्दै अमितसँग तेस्रो विकेटको लागि ४८ रनको साझेदारी गरे।

त्यस्तै पवन सर्राफले १८ बलमा १ चौका सहित १९ रन बनाउँदा सौरभ खनालले उत्कृस्ट फिनिशिंग गरे। खनालले अविजित २५ रन बनाउन मात्र १० बलमा ३ चौका र १ छक्का हाने। सोमपाल कामि २ बल खेलेर बिना कुनै रन अविजित रहे।

बलिंगतर्फ काठमाण्डौका नन्दन यादवले ३ ओभरमा मात्र ८ रन खर्चेर २ विकेट लिए। त्यस्तै ललित राजबंशी र अंकित दबासले समान १/१ विकेट लिए।

खेलमा ब्याटिंग तर्फ २९ रन तथा बलिंगमा १ विकेट लिएर २१ रन खर्चिएका अंकित दबास प्लेयर अफ द म्याच घोषित भए। उनले १५ हजार रुपैया हात पारे। यस्तै उत्कृस्ट क्याच गर्ने फ़िल्डर सन्दिप रजाइली र गेम चेन्जर खेलाडी बिक्रम भुसाल घोषित भए। बिक्रमले १० बलको सामना गर्दै दबाब समयमा २ छक्का सहित १४ रन बनाएका थिए।





थप समाचार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ पुनः स्थगित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज […]

एसियन गेम्स खेल्न आज चीन जाने नेपाली क्रिकेट टोलीको क्यानद्वारा विदाई

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका […]

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]