यु-१९ विश्वकप छनोटको पाँचौ खेलमा नेपाल कुवेतसँग खेल्दै

काठमाडौं । युएईमा जारी महिला यु-१९ टि-२० विश्वकपको एसिया छनोटमा नेपालले पाँचौं खेलमा कुवेतको सामना गर्दैछ ।

खेल युएईको अजमानमा नेपाली समय अनुसार बिहान सवा ११ मा सुरु हुनेछ । नेपाल प्रतियोगितामा चौथो जितको खोजीमा रहेको छ ।

कुवेत भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ । कुवेतले प्रतियोगितामा खेलेको सबै चारै खेलमा हार बेहोरेको छ ।

कात्तिक २९ गते सम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली, कुवेत र थाइल्याण्डको सहभागिता छ । नेपालले पाँचौं खेलमा कात्तिक २७ गते कुवेतसँग खेल्नेछ । नेपालको‌ अन्तिम खेलमा कात्तिक २८ गते युएईसँग रहेको छ।

डबल राउण्ड रोबिन लिगका आधारमा प्रतियोगिता जारी रहेको छ । छनोटको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ । विश्व कप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।

नेपाली टोली

सोनी पाख्रिन, मनिषा उपाध्याय, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy