कुलदीपको गुगलीमा फस्यो इंग्ल्याण्ड

  • विकेटनेपाल, असार २० – बुधबार

भारतको ७० दिन लामो इंग्ल्याण्ड भ्रमण अन्तर्गत हिजो राति भएको पहिलो अन्तर्राष्ट्रिय टि२० खेलमा इंग्ल्याण्ड भारतसँग ८ विकेटको अन्तरले पराजित भएको छ। भारतले यसअघिका इंग्ल्याण्डमा घरेलु टिमबिरुद्द भएका ३ भिडन्तमा जित निकाल्न सकेको थिएन।

ओल्ड ट्राफोर्डमा टस हारेर पहिले ब्याटिंग गरेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५९ रनको योगफल तयार पारेको थियो। उसका लागि ओपनर जोस बट्लरले ६९ रन बनाउन ४६ बलमा ८ चौका र २ छक्का तथा जेसन रोयले ३० रन बनाउन २० बलमा ५ चौका प्रहार गर्दै पहिलो विकेटका लागि २९ बलमा ५० रनको साझेदारी गरेका थिए। मध्यक्रम ध्वस्त भएको खेलमा तल्लो क्रममा आएका डेविड विल्लीले अविजित २९ रनको आक्रामक पारि खेल्न १५ बलमा २ चौका र समान छक्का प्रहार गरे।

भारतका लागि म्यान अफ द म्याच घोषित कुलदीप यादवले ४ ओभरमा ५ विकेट लिन मात्र २४ रन खर्चे भने उमेश यादवले २ विकेट लिन मात्र २१ रन खर्चिंदै किफायती बलिंग गरे। कुलदीप यादवले घरेलु टिमलाई आफ्नो गुगलीमा नचाउनेक्रममा खेलको १४ औं ओभरमा बलिंग गर्दै सुरुवाती ४ बलमा मात्र १ विकेट खर्चेर कप्तान ईयान मोर्गान, जोन्नी बेयारिस्टो तथा टेस्ट कप्तान जोए रुटलाई आउट गरे।

जवाफमा लक्ष्य पछ्याउँदा शिखर धवनलाई पहिलो ओभरमा नै गुमाएको भारतका लागि तेस्रो नम्बरमा बढुवा गरिएका लोकेश राहुलले अविजित १०१ रनको पारी खेल्दै टि२० अन्तर्राष्ट्रियमा आफ्नो दोश्रो शतक पुरा गरे। मात्र ५४ बलको सामना गरेका उनले १० चौका र ५ छक्का प्रहार गर्दै दोश्रो विकेटका लागि रोहित शर्मासँग १२३ रन तथा तेस्रो विकेटका लागि कप्तान विराट कोहलीसँग अविजित ३३ रनको साझेदारी गरे। रोहितले ३२ रन (३० बल) तथा कोहलीले २० रन (२२ बल) बनाए।

विराट कोहलीले १९ औं ओभरको दोश्रो बलमा मोईन अलीको लेग स्टम्पको बललाई लङअनको माथिबाट छक्का प्रहार गर्दै खेल जिताएका थिए। जितसँगै भारतले ३ खेलको शृंखलामा १-० को अग्रता लिएको छ।

कुलदीप यादवले बनाएको २४ रन खर्चेर ५ विकेटको किर्तिमान भारतका लागि टि२० अन्तर्राष्ट्रिय क्रिकेटमा भुवनेश्वर कुमारकोसँगै दोश्रो उत्कृस्ट हो। यसअघि इंग्ल्याण्ड भारतमा खेल्दा युज्वेन्द्र चाहलले २५ रन खर्चेर ६ विकेट लिएका थिए। यस्तै कप्तान विराट कोहलीले ८ रन बनाएसँगै यस फर्म्याटमा सबैभन्दा छिटो २००० रन पुरा गर्ने खेलाडी बनेका छन् भने पहिलो भारतीय पुरुष क्रिकेटर बने (भारतीय महिला किकेट टिमकी कप्तान मिथाली राजले यसअघि नै यो किर्तिमान बनाएकी छिन्)।

 





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]