कुमार थापाले सनसनीपूर्ण बलिंग गर्दा प्रदेश-२ को विशाल जित

कुमार थापाले सनसनीपूर्ण बलिंग प्रदर्शन गर्दा प्रदेश-२ ले प्रदेश-१ लाई ठुलो अन्तरले पराजित गरेको छ।

प्रधानमन्त्री कप अन्तर्गत मुलपानी मैदानमा भएको खेलमा टस जितेर ब्याटिंग गर्दै प्रदेश-२ ले दिएको २६६ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश-१ ले १०४ रनमै सम्पूर्ण विकेट गुमाएपछि १६१ रनको हार बेहोरेको हो।

लक्ष्य पछ्याउने क्रममा प्रदेश-१ लाई सस्तोमै समेट्न प्रदेश-२ का लेग स्पिनर कुमार थापा एक्लैले ७ विकेट हात पारे। त्यस क्रममा थापाले ८ ओभरमा २ मेडन ओभर गर्दा २२ रन मात्रै खर्चिए। यस्तै दिभ्याँशु मल्लिकले २ विकेट लिए।

थापाले यस अघि कर्णाली प्रदेश संगको खेलमा पनि ३ विकेट लिएका थिए। प्रतियोगिताकै हालसम्म यो उत्कृस्ट बलिंग प्रदर्शन हो।

प्रदेश-१ को लागि मिनास थापाले सर्वाधिक ३६ र सन्नी पुनले २९ रन बनाए भने अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। एक समय ६६/१ ( १३.१ ओभर ) को अवस्थामा रहेको प्रदेश-१ ले बाँकी ३८ रन बनाउदा ९ विकेट गुमाउन पुग्यो।

Province-2 Team

प्रदेश-२ को ब्याटिंग 

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा प्रदेश-२ ले ५० ओभरमा ९ विकेट गुमाएर २६५ रनको योगफल तयार गरेको थियो।

प्रदेश-२ को लागि सुरज पटेलले सर्वाधिक ७८ रन बनाए। अविजित इनिंग खेलेका उनले ७० बलमा ६ चौका र ३ छक्का प्रहार गरे। यस्तै राशिद खानले ४७ रन बनाउन आक्रामक ब्याटिंग गर्दै ३१ बलमा २ चौका र ५ छक्का प्रहार गरे। सुरज र राशिदले सातौँ विकेटको लागि ६७ रनको साझेदारी गरेका थिए।

हासिम अन्सारी, रभी शाह र बिशाल सुशलिंगले समान २० तथा मेहबुब आलमले १९ रन बनाए।

प्रदेश-१ को लागि पुष्प थापाले ३ विकेट ( ८-१-३६-३ ) , सरोज बस्नेतले २ विकेट ( ६.३-१-३७-२ ) तथा कमल खत्री, फिर्दोश अन्सारी र मुकुन्द यादबले १/१ विकेट लिए। स्कोरकार्ड 





थप समाचार

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]

क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ। आइतबार सम्पन्न खेलमा […]

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]