स्वर्गीय क्रिकेटर कुन्दन सिंह प्रति होबार्टद्वारा शोक व्यक्त

दुवै मिर्गौला बिग्रेका कारण २५ वर्षको उमेरमा निधन भएका क्रिकेटर कुन्दन सिंहको निधन प्रति नेपाली लेग स्पिनर सन्दिप लामिछाने आबद्ध अस्ट्रेलियाको बिग ब्यास लिगको टिम होबार्ट हरिकेन्सले शोक व्यक्त गरेको छ।

बिग ब्यास लिग अन्तर्गत मंगलबार पर्थ बिरुद्धको खेल खेल्नु अघि  होबार्टले मौन धारणा गर्दै शोक व्यक्त गरेको हो। यस क्रममा टिमका सम्पूर्ण सदस्यहरुले पर्थ स्टेडियममा टोपी फुकालेर टाउको निहुराएर शोक व्यक्त गरेका थिए।

होबार्टले आफ्नो ट्वीटरमा शोक व्यक्त गर्दै गरेको तस्बिर राख्दै कुन्दनको परिवार प्रति सहानुभूति व्यक्त गरेको छ।

२५ वर्षीय अलराउण्डर खेलाडी सिंहले घरेलु राष्ट्रिय क्रिकेट प्रतियोगिताहरुमा प्रदेश नम्बर-२ को प्रतिनिधित्व गरेका थिए। अन्तिम पटक उनले २ वर्ष अघि काठमाडौँमा सम्पन्न प्रधानमन्त्री कपमा पनि सहभागिता जनाएका थिए। त्यस अघि पनि आफ्नो क्षेत्रको लागि अन्डर-१६ र अन्डर-१९ प्रतियोगिताहरुमा करिब ७ वर्ष देखि कुन्दन सहभागी हुँदै आएका थिए।

२०१४ मा काठमाडौँमा आयोजित अन्डर-१९ राष्ट्रिय प्रतियोगिता तथा २०१५ को सिनियर वानडे राष्ट्रिय प्रतियोगितामा कुन्दनले तत्कालिन क्षेत्र नम्बर-७ जनकपुरको प्रतिनिधित्व गरेका थिए। २०१४ यु-१९ रास्ट्रिय प्रतियोगितामा उनले काठमाडौँ बिरुद्ध एकै खेलमा ५ विकेट लिएका थिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy