मृगौला पिडित क्रिकेटर सिंहलाई अस्ट्रेलियाबाट सहयोग

मृगौला पिडित राष्ट्रिय क्रिकेटर कुन्दन सिंहलाई सहयोगका लागि प्रदेश-२ क्रिकेट संघले चलाएको अभियान अन्तर्गत अस्ट्रेलियाको मेलबर्न सहर स्थित नेपालि खेलप्रेमिहरुबाट आर्थिक सहयोग प्राप्त भएको छ।

पूर्रा यु-१९ राष्ट्रिय क्रिकेटर यशवन्त सुवेदीद्धारा संकलन गरिएको उक्त रकम प्रदेश क्रिकेट संघ प्रदेश नं. २ को खातामा दाखिला गरिएको जानकारी प्रदेशका सचिव आयुश श्रेष्ठले जानकारी गराउनु भएको छ। जस अन्तर्गत अष्ट्रेलियन डलर २ हजार २ सय चालिस रुपैयाँ अर्थात नेपालि रुपैया १ लाख ८९ हजार २ सय ८० रुपैया खातामा प्राप्त भएको श्रेष्ठले जानकारी गराउनु भएको छ।

कुन्दन सिंह बचाउ अभियान अन्तर्गत रकम संकलनमा देश बिदेशबाट राम्रो सहयोग संकलन भई रहेता पनी प्रदेश-२ क्रिकेट संघले उनको लागि मृगौला दाता खोज्नु पर्ने महत्वपुर्ण रहेको र प्रत्यारोपणको लागि लाग्ने खर्चको लागि संघले आवश्यक सहयोग गर्ने समेत निर्णय गरेको छ।

पूर्व यु-१९ राष्ट्रिय क्रिकेटर यशवन्त सुबेदीको नेतृत्वमा अस्ट्रेलियाको मेलबर्नका क्रिकेट प्रेमीहरुले सहयोग गरेका हुन्

हालसम्म कुन्दन सिंह बचाउन अन्तर्गत प्रदेश क्रिकेट संघ प्रदेश नं. २ ले गत महिना १ लाख रुपैयाँ सहयोग गरिसकेको छ भने धनुषाका क्रिकेट खेलाडि तथा खेल प्रेमिहरुले ६ लाख ६१ ह्जार ८ सय रुपैयाँ संकलन गरिएको थियो। यस्तै क्रिकेट अभियन्ता बिज्ञान कार्किले ३ लाख भन्दा बढि संकलन गरिसेकोका छन् । त्यसै गरि अभियानलाई अस्ट्रेलियाको एडीलेड नेप्लिज क्रिकेट एसोसिएसनले पनि क्रिकेटर सुनम गौतमको अगुवाइमा ९४ हजार सहयोग प्रदान गरिसकेको छ।

कुन्दनलाई २ साता अघि कोरोना संक्रमण समेत देखिएको थियो। कोरोना भने उनलाई निको भैसकेको छ।

२५ वर्षीय अलराउण्डर खेलाडी सिंहले घरेलु राष्ट्रिय क्रिकेट प्रतियोगिताहरुमा प्रदेश नम्बर-२ को प्रतिनिधित्व गरिसकेका छन्। अन्तिम पटक उनले २ वर्ष अघि काठमाडौँमा सम्पन्न प्रधानमन्त्री कपमा पनि सहभागिता जनाएका थिए। त्यस अघि पनि आफ्नो क्षेत्रको लागि अन्डर-१६ र अन्डर-१९ प्रतियोगिताहरुमा करिब ७ वर्ष देखि कुन्दन सहभागी हुँदै आएका छन्।

२०१४ मा काठमाडौँमा आयोजित अन्डर-१९ राष्ट्रिय प्रतियोगिता तथा २०१५ को सिनियर वानडे राष्ट्रिय प्रतियोगितामा कुन्दनले तत्कालिन क्षेत्र नम्बर-७ जनकपुरको प्रतिनिधित्व गरेका थिए। २०१४ यु-१९ रास्ट्रिय प्रतियोगितामा उनले काठमाडौँ बिरुद्ध एकै खेलमा ५ विकेट लिएका थिए।

कुन्दनलाई सहयोग गर्न चाहनुहुन्छ भने :-

प्रदेश नम्बर-२ मार्फत

ईसेवा – 9829779349

बैंक – Province Cricket Association , 0250000877CA ( Century Bank , Branch – Rajbiraj )

कुन्दन सिंहलाई सम्पर्क गर्न – 9864087190 , 9815824538

यो पनि पढ्नुस :-

https://wicketnepal.com/nep-2-ball-wn-vs-myanmar-wn20/

https://wicketnepal.com/rajasthan-punjab-prasthan-uae-wn20/

https://wicketnepal.com/sandeep-2nd-m-prev-cpl-wn20/

https://wicketnepal.com/cpl-t20-m3-report-wn20/

https://wicketnepal.com/aaron-finch-target-2023-wc-wn20/





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]