दुवै मृगौला खराब भएका क्रिकेटर कुन्दन सिंहलाई कोरोना संक्रमण पनि देखियो

दुवै मृगौला खराब भएका कारण उपचाररत महोत्तरीका क्रिकेटर कुन्दन सिंह राजपुतलाई कोरोना संक्रमण पनि देखिएको छ।

८ दिन अघि उनको कोरोना रिपोर्ट पोजेटिभ आएको जसपछि धरान स्थित बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेसनमा रहेको कुन्दनले विकेटनेपाललाई जानकारी गराएका छन्।

“८ दिन अघि रिपोर्ट पोजेटिभ देखिएको थियो। पोजेटिभ आए पनि ममा कुनै लक्षणहरु भने छैन।” सिंहले बताए। यसै साता सप्तरीका पुर्व राष्ट्रिय क्रिकेर पवन दासलाई पनि कोरोना संक्रमण देखिएको थियो।  

२५ वर्षीय अलराउण्डर खेलाडी सिंहले घरेलु राष्ट्रिय क्रिकेट प्रतियोगिताहरुमा प्रदेश नम्बर-२ को प्रतिनिधित्व गरिसकेका छन्। अन्तिम पटक उनले २ वर्ष अघि काठमाडौँमा सम्पन्न प्रधानमन्त्री कपमा पनि सहभागिता जनाएका थिए। त्यस अघि पनि आफ्नो क्षेत्रको लागि अन्डर-१६ र अन्डर-१९ प्रतियोगिताहरुमा करिब ७ वर्ष देखि कुन्दन सहभागी हुँदै आएका छन्।

२०१४ यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता काठमाडौँ बिरुद्ध ५ विकेट लिएपछि कुन्दनलाई म्याच बल प्रदान गर्दै अम्पायर बिनोद बानियाँ

२०१४ मा काठमाडौँमा आयोजित अन्डर-१९ राष्ट्रिय प्रतियोगिता तथा २०१५ को सिनियर वानडे राष्ट्रिय प्रतियोगितामा कुन्दनले तत्कालिन क्षेत्र नम्बर-७ जनकपुरको प्रतिनिधित्व गरेका थिए। २०१४ यु-१९ रास्ट्रिय प्रतियोगितामा उनले काठमाडौँ बिरुद्ध एकै खेलमा ५ विकेट लिएका थिए।

उपचारको लागि सहयोग अभियान 

दुवै मृगौला फेल भएपछि आर्थिक अवस्था कमजोर भएका २५ वर्षीय कुन्दनको उपचारको लागि अभियाननै थालिएको छ। नेपाल क्रिकेट संघ प्रदेश नम्बर-२ ले गत महिना १ लाख रुपैयाँ सहयोग गरेपछि धनुषाका क्रिकेट प्रेमीहरु तथा पोखराका बिज्ञान कार्कीले आर्थिक संकलन अभियाननै सुरु गरेका थिए।

धनुषाका क्रिकेट खेलाडीहरुले सुरु गरेको अभियानले ६ लाख ६१ हजार ८ सय रुपैयाँ गत साता कुन्दनलाई हस्तान्तरण गरिसकिएको छ। यस्तै अभियन्ता बिज्ञान कार्कीले सुरु गरेको अभियानले पनि करिब ३ लाख रुपैयाँ उठाईसकेको छ। अभियानलाई अस्ट्रेलियाको एडीलेड नेप्लिज क्रिकेट एसोसिएसनले पनि क्रिकेटर सुनम गौतमको अगुवाइमा ९४ हजार सहयोग प्रदान गरेको छ। सबै सहयोग गरि हालसम्म करिब ११ लाख रुपैयाँ संकलन भैसकेको छ। अन्य देशबाट पनि सहयोगको वाचाहरु आएको र अझ धेरै सहयोग जुट्नेमा कार्कीले आशा व्यक्त गरेका छन्।

कुन्दनले विकेटनेपालसंग कुरा गर्दै उपचारको लागि अझै ५ लाख रुपैयाँ आवस्यक रहेको बताएका छन्। मृगौला फेर्नको लागि करिब १० लाख आवस्यक पर्ने बताउदै उनले सहयोगको लागि सबैसंग अपिल गरेका छन्। मिर्गौला प्रत्यारोपणको लागि भारतमा र नेपालमा पनि प्रयास भइरहेको उनले जानकारी गराए। उनि नियमित डायलिसीस गराउदै आइरहेका छन्।

कुन्दनको आमाको पनि १० वर्ष अघि किड्नीकै समस्याले तथा बुवाको पनि ८ वर्ष अघि मृत्यु भैसकेको छ। त्यसपहि उनि आफ्नो मामाघरमा बस्दै आएका छन्। १० वर्ष अघि देखि क्रिकेटलाई आफ्नो जीवन बनाएका कुन्दनको सहयोगको लागि नेपाल क्रिकेट संघ ( केन्द्र ) भने चासो देखाएको छैन।

कुन्दनलाई सहयोग गर्न चाहनुहुन्छ भने :-

प्रदेश नम्बर-२ मार्फत 

ईसेवा – 9829779349
बैंक – 0250000877CA ( Century Bank , Branch – Rajbiraj )

बिज्ञान कार्कीमार्फत  , इसेवा – 9806777260
सम्पर्क – 9881333467

कुन्दन सिंहलाई सम्पर्क गर्न – 9864087190 , 9815824538





थप समाचार

पूर्व कप्तान मल्लको उपस्थितिमा द वन्डल्याण्ड दशैं फेस्टिवल भव्य रूपमा सम्पन्न

ललितपुर बुंगमतिमा स्थित ‘द वन्डरल्याण्ड’ The Wonderland मनोरञ्जन पार्कमा दुई दिने दशैं फेस्टिवल भव्य रुपमा सम्पन्न भएको छ। असोज १८ […]

NPL : शक्ति गौचन लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षक

राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शक्ति गौचनलाई नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली लुम्बिनी लायन्सले कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको […]

अस्ट्रेलिया र इंग्ल्यान्ड विजयी सुरुवात

युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको साबिक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । अस्ट्रेलियाले शनिवारको पहिलो खेलमा श्रीलंकालाई पराजित […]

दोश्रो अभ्यास खेलमा नेपाल विजयी

क्यानाडामा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोश्रो एकदिवसीय अभ्यास खेलमा क्यानडा हाई परफरमेन्स टिमलाई २० रनले पराजित गरेको छ। पहिलो […]

भारतमाथि न्युजिल्यान्डको फराकिलो जित

युएईमा जारी रहेको महिला टि२० विश्वकपमा न्युजिल्यान्डले भारतलाई फराकिलो अन्तरले पराजित गरेको छ । दुबईमा शुक्रवार भएको दिनको दोस्रो खेलमा […]

ब्याटिङ कोल्याप्स हुदा नेपाल पराजित

ब्याटिङमा फेरी चुक्दा नेपाल क्यानडामा फेरी पनि पराजित भएको छ । नेपाल क्यानडामा भएको ५० ओभरको अभ्यास खेलमा क्यानडा हाईप्रफमेन्ससँग […]