नेदरल्याण्ड र मलेसिया बिरुद्ध त्रिकोणात्मक सिरिजमा शानदार ब्याटिंग गर्दै विश्वकीर्तिमान बनाएका नेपाली क्रिकेट टिमका ओपनर कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) को अप्रिल महिनाको ‘प्लेयर अफ द मन्थ’ को नोमिनेसनमा परेका छन्।
कुशलसंगै मनोनयनमा पाकिस्तान क्रिकेटर बाबर आजम र फखर जमान पनि परेका छन्।
२४ वर्षीय कुशलले त्रिकोणात्मक सिरिजमा सर्वाधिक रन बनाउने क्रममा ५ खेलमा २७८ रन बनाएका थिए। यस क्रममा उनले नेपालको लागि टि-२० अन्तर्राष्ट्रिय डेब्यु गरेपछि लगातार ३ खेलमा अर्धशतक बनाउदै विश्वकिर्तिमान बनाएका थिए। यस्तै अर्का ओपनर आसिफ शेखसंग लगातार २ खेलमा शतकीय साझेदारी गर्दै अर्को विश्वकिर्तिमान पनि आफ्नो नाम गरेका थिए। सोहि प्रदर्शनको बलमा कुशल प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिएका थिए।

बाबर आजमले दक्षिण अफ्रीका बिरुद्ध एकदिवसीय सिरिजमा गजबको प्रदर्शन गर्दै १०३ र ९४ रन बनाएका थिए भने दुई वटा प्लेयर अफ द म्याच अवार्ड जितेका थिए। उनले उक्त सिरिजमा २२८ रन बनाउदै १०४ को स्ट्राइक रेटमा रन बनाएका थिए। उनको सोहि प्रदर्शनको कारण बिराट कोहली लाई पछि पार्दै उनि नम्बर-१ ओडीआई ब्याट्सम्यान बनेका थिए। बाबरले अप्रिलमा ७ वटा टि-२० खेल्ने क्रममा कुल ३०५ रन पनि बनाए जुन क्रममा २ वटा अर्धशतक र एउटा शतक समेत सामेल थियो।
फखर जमानले दक्षिण अफ्रीका बिरुद्ध एकदिवसीय सिरिजमा १००.६६ को औशतले ३०२ रन बनाएका थिए। उनले सिरिजमा दुई वटा शतक समेत बनाए जुन क्रममा दोश्रो एकदिवसीयमा १९३ रनको विशाल इनिंग्स समेत खेल्न पुगे। सोहि प्रदर्शनका कारण उनि एकदिवसीय वरियतामा करियरकै उत्कृस्ट सातौँ स्थानमा समेत आउन सफल भएका छन्।
कसरि गर्ने भोट कुशल भुर्तेललाई भोट गर्नको लागि यो लिंकमा जानु पर्नेछ र आफ्नो नाम र इमेल भर्नुपर्नेछ।
यो पनि पढ्नुस
https://wicketnepal.com/kushal-pos-6-thula-kirtiman-wn21/
https://wicketnepal.com/ipl-2021-sthagit-wn21/
https://wicketnepal.com/nepal-t20i-ranking-wn21-428/
