कुशल, करन र सोमपाल टि-१० लिग खेल्न छनोट

युएईमा आगामी वर्ष जनवरी २८ देखि सुरु हुने अबु धाबी टि-१० लिगको चौथो संस्करणमा तिन जना नेपाली खेलाडीहरु पनि छनोट भएका छन्।

मंगलबार राति अबुधाबीमा सम्पन्न ड्राफ्टमार्फत सोमपाल कामि, करन केसी र कुशल मल्ललाई टिमहरुले आबद्ध गरेका छन्।

एकै पटक विदेशी लिगमा तिन जना नेपाली खेलाडी छनोट भएको यो पहिलो पटक हो। यस अघि गत संस्करणको ग्लोबल टि-२० लिग क्यानडामा सोमपाल कामि र सन्दिप लामिछाने छनोट भएका थिए भने गत संस्करणको टि-१० लिगमा पारस खड्का र सन्दिप लामिछाने छनोट भएका थिए।

नेपाली टिमका दायाँ हाते फास्ट बलिंग अलराउण्डर सोमपाललाई मराठा अरबियन्सले टिममा लिएको हो। यस्तै अर्का दायाँ हाते फास्ट बलिंग अलराउण्डर करन केसीलाई पुने डेभिल्सले आबद्ध गरेको छ। अर्का राष्ट्रिय क्रिकेट टिमका देब्रे हाते आक्रामक ब्याट्सम्यान कुशल मल्ललाई टिम अबु धाबीले आबद्ध गरेको छ।

टि-१० लिगको अघिल्लो संस्करणमा सन्दिप लामिछाने र पारस खड्का सहभागी रहेका थिए। सन्दिप यो पटक बिग ब्यास लिग खेल्न अस्ट्रेलियामा हुने हुँदा लिग खेल्ने छैनन्। पारसलाई भने टिम अबु धाबीले खेलाडीको रुपमा आबद्ध नगरी सल्लाहकारको रुपमा आबद्ध गरेको छ।

पारस मेन्टर रहेको टिम अबु धाबीबाट कुशल मल्ल खेल्नेछन्। मल्ल रहेको अबुधाबीमा स्टार वेस्टइन्डिज ब्याट्सम्यान क्रिस गेल आइकन खेलाडीको रुपमा आबद्ध रहेका छन्। यस्तै टिममा क्रिस मोरिस, लुक राइट, अभिसका फर्नान्डो, हेडन वाल्स, नाजिबुल्लाह जद्रान, एलेक्स हेल्स जस्ता खेलाडीहरु पनि रहेका छन्।

करन केसी आबद्ध टिम पुने डेभिल्समा आइकन खेलाडीको रुपमा श्रीलंकाका थिसरा परेरा रहेका छन्। यस्तै टिममा मोहम्मद आमिर, स्याम बिलिंग्स, डेभन थोमस, अजन्था मेन्डीस, चमरा कपुगेद्रा जस्ता खेलाडीहरु रहेका छन्।

सोमपाल कामि आबद्ध डिफेन्डिङ च्याम्पियन टिम मराठा अरबियनसको आइकन खेलाडीको रुपमा पाकिस्तान क्रिकेटर शोयब मलिक रहेका छन्। यस्तै टिममा मोहम्मद हफिज, प्रभिन ताम्बे, तस्किन एहमद, लौरी इभान्स जस्ता खेलाडीहरु रहेका छन्।

तिन जना नेपाली खेलाडीहरु कति रकममा बिक्रि भएको खुलेको छैन।

कुशल र करन विदेशी लिग खेल्न छनोट भएको यो पहिलो पटक हो। सोमपाल कामिले यस अघि गत वर्ष ग्लोबल टि-२० लिग क्यानडा खेलेका थिए। पारस खड्का गत सिजन पहिलो पटक विदेशी लिग खेल्न छानिएका थिए जुन क्रममा अबु धाबीको प्रतिनिधित्व गरेका थिए। सन्दिपले टि-१० लिग लगायत विश्वको अधिकांश लिगहरु खेलीसकेका छन्।

नेपाली राष्ट्रिय टिमको लागि गत वर्ष जिम्बाब्वे बिरुद्ध सिंगापुर त्रिकोणात्मक सिरिजमा डेब्यु गरेका कुशल मल्ल यसै वर्ष नेपालमा सम्पन्न विश्वकप लिग-२ मा अमेरिका बिरुद्ध अर्धशतक बनाएपछि चर्चामा आएका थिए। १५ वर्ष ३४० दिनको उमेरमा अमेरिका बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय डेब्युमा अर्धशतक बनाएका मल्ल विश्वकै कान्छो उमेरका क्रिकेटर बनेका थिए।

घातक दायाँ हाते पेस बलिंग तथा तल्लो क्रममा आएर विस्फोटक ब्याटिंग गर्न सक्ने करन केसी २०१५ देखि नेपाली राष्ट्रिय टिमको लागि खेलेका छन्। तर करनलाई २०१८ को डिभिजन-२ प्रतियोगितामा क्यानडा बिरुद्ध अपत्यारिलो ब्याटिंग गर्दै नेपाललाई जित दिलाउद ४२ रनको अपत्यारिलो इनिंगको लागि चिनिने गरिन्छ।

२०१४ देखि नेपाली राष्ट्रिय टिमको प्रतिनिधित्व गरेका सोमपाल कामि पनि फास्ट बलिंग तथा भरपर्दो ब्याटिंगको लागि चिनिने गर्छन्। उनले हंगकंग बिरुद्ध २०१४ मा १० औं नम्बरमा ब्याटिंग गर्दै बनाएको ४० रन अझै पनि त्यस क्रममा टि-२० अन्तर्राष्ट्रियमा कुनै पनि ब्याट्सम्यानले बनाएको सर्वाधिक रन हो। १४० को गतिमा बलिंग गर्न सक्ने सोमपाल नेपाली क्रिकेट टिमको सबैभन्दा तिब्र गतिका बलर हुन्।

अबुधाबी टि-१० लिगमा यो सिजन अबु धाबी, मराठा अरबियन, बंग्ला टाइगर्स, डेक्कन ग्ल्याडीएटर्स, कलन्दर्स, दिल्ली बुल्स, नर्थर्न वारियर्स र पुने डेभिल्स गरि ८ टिम सहभागी रहेका छन्। गत सिजनको उपाधि मराठा अरबीयन्सले जितेको थियो।  मराठाको आइकन खेलाडी शोयब मलिक, बंगलाको इसुरु उडाना, दिल्लीको ड्वेन ब्राभो, पुनेको थिसारा परेरा, टिम अबु धाबीको क्रिस गेल, कलन्दर्सको शाहिद अफ्रिदी तथा डेक्कन ग्ल्याडीएटर्सको सुनिल नारायण रहेका छन्।





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट :हिमालय र बिएमसीए विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा हिमालय स्पोर्ट्स म्यानेजमेन्ट र बिएमसीए विजयी भएका छन्। मुलपानी मैदानमा जारि […]

एनकासा इन्टर फर्म क्रिकेट : सुब्र , केबिएसआर, अनिश र एपीए विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न चारवटा खेलहरु सम्पन्न भएका छन्। ललितपुर स्थित पुल्चोक […]

डीएभीलाई अन्तर-स्कुल टि-२० क्रिकेटको उपाधि

काठमाडौँ, डिएभि सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर-स्कुल रनिंग टि-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ। […]

इन्टर-फर्म क्रिकेट : एसएचए र केएएसए युपीबि युथ्स विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आइतबार सुरु भएको छ। ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा आइतबार […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : जनप्रेमी र हिमालयन विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा जनप्रेमी स्पोर्टस् क्लब र हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट विजयी भएका छन्। मुलपानी […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]