टि-१० लिग : डेब्युमा कुशल मल्लको राम्रो प्रदर्शन

अबुधाबी टि-१० लिग अन्तर्गत नेपाली अल-राउण्डर कुशल मल्लले डेब्यु खेलमा कलन्दर्सविरुद्ध राम्रो प्रदर्शन गरेका छन्। तिन नम्बरमा ब्याटिंग गर्न आएका कुशलले १२ बलमा समान १ चौका र १ छक्काको मद्धतमा १८ रन बनाए। लिग चरण र प्ले-अफ खेलमा मौका नपाएका कुशलले तेस्रो स्थानको लागि कलन्दर्सविरुद्धको खेलमा पहिलो पटक मौका पाएका हुन्। नियमित ओपनर क्रिस गेल र ब्याट्सम्यान जो क्लार्क टोलि बाहिर रहँदा कुशलले डेब्यु गर्न पाएका थिए।

टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको टिम अबुधाबीले निर्धारित १० ओभरमा ६ विकेट गुमाएर १२४ रन बनाएको छ। उसको लागि नाजिबुल्लाह जर्दानले १६ बलमा सर्वाधिक ४५, ओपनर पौल स्टर्लिङले ९ बलमा २६, लिओनार्डो जूलियनले १२ बलमा १९ तथा नेपाली युवा खेलाडी कुशल मल्लले १२ बलमा १८ रन बनाए।

कलन्दर्सको बलिंगतर्फ मोहम्मद झहीद (२-०-१०-२) ले सर्वाधिक २ विकेट लिए। सोहेल तन्विर, ड्यानल अहमद, अलि खान र खुर्सिद अन्वारले समान १ विकेट लिए।


यस्तो रह्यो कुशलको प्रदर्शन :-

पौल स्टर्लिङ आउट भएपछि तेस्रो नम्बरमा ब्याटिंग गर्न आएका कुशलले जिम्मेवारीपूर्वक ब्याटिंग गर्दै १२ बलमा १८ रन बनाए। तेस्रो ओभरमा क्रिजमा आएका कुशलले पहिलो बलमै १ रन लिंदै खाता खोले। दोस्रो बल डट खाएका कुशलले तेस्रो बलमा एक रन लिए भने चौथौं बलमा लेग बाइको रुपमा १ रन बटुले। ४ बलमा २ रन बनाएर सुस्त ब्याटिंग गरेका कुशलले पाचौं बलमा २ रन तथा (अलि खानको बलिंग) छैटौं बलमा छक्का हिर्काए। सातौँ बलमा लेग बाइको रुपमा १ रन लिएका कुशलले आठौँ बलमा पनि १ रननै लिए।

एक किनारबाट विकेट गुमाएता पनि कुशलले एक किनार सम्हालेका थिए। नवौं बलमा (खुर्सिद अन्वारको बलिंगमा) चौका प्रहार गरेका कुशलले दशौँ बलमा १ रन लिए। त्यसपछि ११ वौं बलमा १ रन लिएका कुशललाई आफुले फेस गरेको १२ औं बलमा मोहम्मद झहीदले आउट पारे। उत्कृष्ट योर्कर गरेका झहीदको बलमा कुशलले डिफेन्स गर्न खोजेता पनि बोल्ड भए।

गत सिजन सन्दिप लामिछाने र पारस खड्का टि-१० लिगमा सहभागी थिए भने यो सिजन कुशल मल्ल, सोम्पाल कामी र कारन केशी खेलाडीको रुपमा तथा पारस खड्का मेन्टरको रुपमा प्रतियोगितामा सहभागी छन्।

सोम्पालले प्रतिनिधित्व गरेका मराठा अरेवियन्स तथा करन सम्मिलित पुणे डेभिल्स यसअघिनै प्रतियोगिताबाट बाहिरि सकेका छन्।





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]