कुशल भुर्तेल प्रतियोगिताकै उत्कृस्ट खेलाडी , बनाए ६ ठुला किर्तिमान

२०७८ बैशाख ११, शनिबार २०:५६

त्रिकोणात्मक सिरिजमा नेपालको लागि टि-२० अन्तर्राष्ट्रिय डेब्यु गरेका ब्याट्सम्यान कुशल भुर्तेल सिरिजकै उत्कृस्ट खेलाडी चुनिएका छन्।

सिरिजको ५ खेलमा दायाँ हाते ओपनिंग ब्याट्सम्यान कुशलले ६९.५ को औशतले ४ अर्धशतक प्रहार गर्दै २७८ रन बनाए। सिरिजमा उनले २४ चौका र १६ छक्का प्रहार गरे भने उनको स्ट्राइक रेट १४०.४० रह्यो।

कुशलले फाइनलमा नेदरल्याण्ड बिरुद्ध नेपालको लागि सर्वाधिक ७७ रन बनाए जुन क्रमअ ५३ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। उनले समुह चरणमा नेदरल्याण्ड बिरुद्ध पहिलो खेलमा ६२ रन, मलेसिया बिरुद्ध दोश्रो खेलमा अविजित ६१ रन, तेश्रो खेलमा नेदरल्याण्ड बिरुद्ध ६२ रन, चौथो खेलमा मलेसियासंग १६ रन बनाएका थिए।

प्लेयर अफ द सिरिज अवार्डसंगै कुशलले २०० सिसिको पल्सर मोटरसाइकल पनि प्राप्त गरे।

सिरिजमा कुशल भुर्तेलले बनाएका किर्तिमानहरु 

१. साझेदारीको विश्वकिर्तिमान 

टि-२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमै डेब्यु गरेपछि लगातार दुई खेलमा शतकीय साझेदारीको रेकर्ड कुशल भुर्तेलले आसिफ शेखसंग मिलेर बनाए। कुशल र आसिफले पहिलो खेलमा नेदरल्याण्ड बिरुद्ध ११६ रनको तथा दोश्रो खेलमा मलेसियासंग १०२ रनको साझेदारी गरेका थिए।

२. लगातार अर्धशतकको विश्वकिर्तिमान

टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु खेल पछि लगातार ३ वटा अर्धशतक बनाउने कुशल विश्वकै पहिलो क्रिकेटर बन्न पुगे। कुशलले डेब्युमा नेदरल्याण्ड बिरुद्ध डेब्युमा ६२ रन, मलेसिया बिरुद्ध दोश्रो खेलमा अविजित ६१ रन, तेश्रो खेलमा नेदरल्याण्ड बिरुद्ध ६२ रन बनाए। चौथो खेलमा भने मलेसियासंग १६ रनमा आउट हुँदा उनि लगातार चौथो अर्धशतक बनाउन चुके।

३. एकै सिरिज/प्रतियोगितामा सर्वाधिक रनकर्ता

सिरिजमा कुल २७८ रन बनाएका कुशल नेपालको टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै सिरिज या प्रतियोगितामा सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान बनेका छन्। यस अघि यो रेकर्ड ज्ञानेन्द्र मल्लको नाममा थियो जसले २०१९ साग क्रिकेटमा ३ खेलमा १४८ रन बनएका थिए।

Kushal Bhurtel

४. सर्वाधिक अर्धशतक बनाउने नेपाली खेलाडी 

सिरिजमा ४ वटा अर्धशतक बनाएका कुशल संयुक्तरुपमा नेपालको धेरै अर्धशतक बनाउने ब्याट्सम्यान बनेका छन्। पारस खड्काले पनि टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४ वटा अर्धशतक बनाएका छन्। पारस र कुशल पछि धेरै अर्धशतक बनाउने नेपाली ब्याट्सम्यान बिनोद भण्डारी हुन् जसले २ वटा अर्धशतक बनाएका छन्। ज्ञानेन्द्र मल्ल, आसिफ शेख, सन्दिप जोरा, सुबास खकुरेल, कुशल मल्ल र दिपेन्द्र ऐरीले समान एक अर्धशतक बनाएका छन्।

५. सर्वाधिक औशत 

कुशल टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको सर्वाधिक औशत भएका खेलाडी हुन्। कुशलको औशत ६९.५० रहेको छ। कुशल पछि धेरै औशत आसिफ शेखको ३८.५० रहेको छ भने कुशल मल्लको तेश्रो धेरै २९.८ रहेको छ। चौथो धेरै पारस खड्काको २७.५५ र पाँचौ धेरै दिपेन्द्र ऐरीको २६.५ रहेको छ।

६. पहिलो सिरिजमै प्लेयर अफ द सिरिज 

कुशल डेब्यु सिरिजमै प्लेयर अफ द सिरिज हुने दोश्रो नेपाली खेलाडी बनेका छन्। यस अघि २०१९ मा अविनाश बोहराले युएई बिरुद्ध टि-२० अन्तर्राष्ट्रिय डेब्यु गरेको सिरिजमा प्लेयर अफ द सिरिज अवार्ड जितेका थिए।

यो पनि पढ्नुस 

https://wicketnepal.com/nep-vs-ned-final-news-wn21-tri/

https://wicketnepal.com/hanchu-bhaneko-thiye-ramro-ball-paryo/

https://wicketnepal.com/punjab-kings-vs-mi-gayle-opaen-garnu-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy