नेपाल यू-१९ भारत भ्रमण : कुशल र राशिदको सानदार ब्याटिंगमा नेपालले जोड्यो २२१ रन

  • विकेटनेपाल – १२ चैत्र, मंगलवार 

अप्रिल १० देखि २० तारिकसम्म मलेसियामा आयोजना हुने आईसीसी अन्डर यु-१९ विश्वकप छनौट प्रतियोगिताको तयारी स्वरूप भारत भ्रमणमा रहेको नेपाली अन्डर-१९ क्रिकेट टिमले चौथो अभ्यास खेलमा आन्द्रा स्टेट अन्डर-१९ क्रिकेट टिमको सामना गरिरहेको छ।

खेलमा पहिले ब्याटिंग गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २२१ रनको योगफल तयार गरेको छ र २२२ रनको लक्ष्य आन्द्रा स्टेट यु-१९ टिमलाई प्रस्तुत गरेको छ।

मध्यम सुरुवात गरेको नेपाली यूवा टोलीले ३३ रनको स्कोरमा पहिलो विकेट गुमाएको थियो। तर त्यसपश्चात भने लगातार विकेट झर्दा कुनै समय नेपाल १३३/८ को खराब अवस्थामा पुग्यो।

नेपालको इनिंगलाई सम्मानजनक स्कोरसम्म पुर्याउन नवौं विकेटका लागि कुशल मल्ल र राशिद खानले ६७ रनको साझेदारी गरे। उत्कृस्ट ब्याटिंग गरेका कुशल ४८ रनमा अविजित रहंदा राशिद भने ४१ रनमा पभेलियन फर्किए। मात्र ५७ बलमा २ चौका र २ छक्का सहित कुशलले ४८ रन जोड्दा राशिदले आक्रामक ब्याटिंग गर्दै ४० बलमा ४ चौका र १ छक्का सहित ४१ रन जोडे।

यसअघि नेपालका लागि पवन सर्राफले ३२, रोहित कुमार पौडेलले २२, भिम शार्कीले १७ र रित गौतमले १५ रनको व्यक्तिगत योगदान गरेका थिए।

आन्द्राको बलिङ्गमा दुर्गा कुमार, कार्तिक रेड्डी र महेश माधवले समान २-२ विकेट हात पारे।

 





थप समाचार

सुदूरपश्चिमको विजयी यात्रा समाप्त, चितवनको तेश्रो जित

बलियो टोली सुदूरपश्चिम रोयल्सलाई हराउँदै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान […]

एनपीएल : जनकपुर लगातार ४ खेल जित्दा लुम्बिनीको चौंथो हार

रोमाञ्चक खेलमा हर्ष थाकरले कसिलो बलिङ गर्दै पाँच विकेट लिएपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार चौथो जित […]

एनपीएल : रोमाञ्चक खेलमा कर्णालीद्वारा बिराटनगर पराजित

कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको रोमाञ्चक खेलमा कर्णालीले […]

एनपीएलमा सुदूरपश्चिम रोयल्सको तेस्रो जित, लुम्बिनी ४५ रनले पराजित

नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले लगातार तेस्रो हार बेहोरेको छ । सुरुआती दुई खेल गुमाएको लुम्बिनी तेस्रो खेलमा […]

एनपीएल : पोखरालाई पराजित गर्दै जनकपुरको लगातार तेश्रो जित

जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहीबार भएको खेलमा […]

एनपीएल : काठमाडौँ र बिराटनगर विजयी

नेपाल प्रिमियर लिग अन्तर्गत आज सम्पन्न दुई खेलमा काठमाडौँ गुर्खाज र बिराटनगर किंग्स विजयी भएका छन्। दुवै टिमको यो पहिलो […]