कुशल भुर्तेलले युएईविरुद्धको खेल खेल्न नपाउने

Kushal Bhurtel

नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत सोमबार हुने घरेलु टोली युनाइटेड अरब इमिरेट्स (युएई) सँगको खेल गुमाउने भएका छन् ।

भुर्तेल ग्रोइन समसम्याका कारण उनी टिमबाट बाहिर रहेको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ ।

भुर्तेलको स्थानमा अन्तिम १४ जनाको टोलीमा सन्दीप जोरालाई टिममा राखिएको क्यानले जनाएको छ । १५ सदस्यीय नेपाली टोलीमा समावेश भएका जोरा १४ जनाभित्र थिएनन् ।

यूएईमा जारी शृखंलामा पहिलो खेलमा पपुवा न्यु गिनीविरुद्ध ५५ रन बनाउँदै प्लेअर अफ दि म्याच भएका भुर्तेल पछिल्ला दुई खेलमा भने सस्तैमा आउट भएका थिए । उनी यूएईविरुद्घ ५ रनमा आउट हुँदा पपुवा न्युगिनीविरुद्धको अर्को खेलमा रोएल डक आउट भएका थिए ।

भुर्तेल टिमबाट बाहिरिएपछि अब नेपालको ओपनिङ जोडीमा समेत परिवर्तन हुनेछ । यसअघि ओपनिङ गरिसकेका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले आसिफ शेखसँगै नेपालको ओपनिङ गर्ने सम्भावना छ ।

शृखंलाअन्तर्गत सोमबार नेपालले युएईसँग शृखंलाको अन्तिम खेल खेल्नेछ । त्यसपछि नेपाल, युएई र पपुवा न्युगिनिसम्मिलित लिग टु को अन्तिम शृखंला काठमाडौँमा हुनेछ ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]