कुशल भुर्तेलले युएईविरुद्धको खेल खेल्न नपाउने

नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत सोमबार हुने घरेलु टोली युनाइटेड अरब इमिरेट्स (युएई) सँगको खेल गुमाउने भएका छन् ।

भुर्तेल ग्रोइन समसम्याका कारण उनी टिमबाट बाहिर रहेको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ ।

भुर्तेलको स्थानमा अन्तिम १४ जनाको टोलीमा सन्दीप जोरालाई टिममा राखिएको क्यानले जनाएको छ । १५ सदस्यीय नेपाली टोलीमा समावेश भएका जोरा १४ जनाभित्र थिएनन् ।

यूएईमा जारी शृखंलामा पहिलो खेलमा पपुवा न्यु गिनीविरुद्ध ५५ रन बनाउँदै प्लेअर अफ दि म्याच भएका भुर्तेल पछिल्ला दुई खेलमा भने सस्तैमा आउट भएका थिए । उनी यूएईविरुद्घ ५ रनमा आउट हुँदा पपुवा न्युगिनीविरुद्धको अर्को खेलमा रोएल डक आउट भएका थिए ।

भुर्तेल टिमबाट बाहिरिएपछि अब नेपालको ओपनिङ जोडीमा समेत परिवर्तन हुनेछ । यसअघि ओपनिङ गरिसकेका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले आसिफ शेखसँगै नेपालको ओपनिङ गर्ने सम्भावना छ ।

शृखंलाअन्तर्गत सोमबार नेपालले युएईसँग शृखंलाको अन्तिम खेल खेल्नेछ । त्यसपछि नेपाल, युएई र पपुवा न्युगिनिसम्मिलित लिग टु को अन्तिम शृखंला काठमाडौँमा हुनेछ ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy