कुशल मल्लको नयाँ विश्वकीर्तिमान, अर्धशतक बनाउने विश्वकै कान्छो ब्याट्सम्यान

२०७८ बैशाख ११, शनिबार २३:०४

नेपाली खेलाडी कुशल मल्ल टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने ब्याट्सम्यान बनेका छन्।

कुशलले त्रिकोणात्मक टि-ट्वान्टी सिरिज अन्तर्गत शनिवार सम्पन्न फाइनलमा नेदरल्याण्ड बिरुद्ध आफ्नो पहिलो टि-ट्वान्टी अन्तर्राष्ट्रिय अर्धशतक बनाउने क्रममा उक्त विश्वकीर्तिमान बनाएका हुन्।

१७ वर्ष ५० दिनको उमेरमा कुशलले अर्धशतक बनाएका हुन्। यस क्रममा कुशलले यस अघिको कान्छो अर्धशतक बनाउने किर्तिमान मात्र २ दिनले तोडेका छन्।

यो रेकर्ड यस अघि युगान्डाका ब्याट्सम्यान फ्रान्क आकांकवासाको नाममा रहेको थियो जसले गत वर्ष फेब्रुअरीमा कतार बिरुद्ध ६६ रन बनाउदै उक्त किर्तिमान बनाएका थिए। त्यति बेला आकांकवासाको उमेर १७ वर्ष ५२ दिन रहेको थियो।

 

नेपालको लागि दशौँ टि-२० अन्तर्राष्ट्रिय खेल्ने क्रममा कुशलले पहिलो अर्धशतक बनाएका हुन्। उनले मात्र २४ बलमा अर्धशतक पुरा गर्ने क्रममा २ चौका र ५ छक्का प्रहार गरेका थिए। उनि ५० रनमा अविजित रहे।

सन्दिप जोराको नाममा थियो रेकर्ड 

नेपालकै ब्याट्सम्यान सन्दिप जोराको नाममा पनि यो रेकर्ड एक समय रहेको थियो। जोराले २०१९ जनवरीमा युएई बिरुद्ध डेब्युमा अविजित ५३ रन बनाउने क्रममा कान्छो अर्धशतक बनाउने ब्याट्सम्यानको किर्तिमान बनाएका थिए। जोराले १७ वर्ष १०३ वर्षको उमेरमा उक्त विश्वरेकर्ड बनाएका थिए। हाल जोरा कान्छो अर्धशतक बनाउने सुचीमा तेश्रो नम्बरमा रहेका छन्।

कुशल एकदिवसीय अन्तर्राष्ट्रियमा पनि अर्धशतक बनाउने कान्छो खेलाडी 

टि-२० अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने कान्छो खेलाडी कुशल मल्लकै नाममा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने कान्छो खेलाडीको किर्तिमान रहेको छ।

कुशलले गत वर्ष फेब्रुअरीमा अमेरिका बिरुद्ध आफ्नो डेब्यु एकदिवसीय अन्तर्राष्ट्रियमा ५० रन बनाउदै उक्त किर्तिमान बनाएका थिए। त्यति बेला कुशलको उमेर १५ वर्ष ३४० दिन रहेको थियो।

Kushal Malla

रोचक कुरा त के छ भने कुशलले उक्त रेकर्ड बनाउदा नेपाली खेलाडी रोहित पौडेलको रेकर्ड तोडेका थिए। रोहितले २०१९ जनवरीमा युएई बिरुद्ध अर्धशतक बनाउदै उक्त किर्तिमान बनाएका थिए। रोहितको उमेर त्यो बेला १६ वर्ष १४६ दिन रहेको थियो। रोहित अझै पनि दोश्रो स्थानमा रहेका छन्।

कुशलको नाममा सर्वाधिक स्ट्राइक रेटको रेकर्ड

नेपालको लागि १० वटा टि-२० अन्तर्राष्ट्रिय खेलेका कुशल मल्लले नेपालको सर्वाधिक स्ट्राइक रेट भएका ब्याट्सम्यानको किर्तिमान पनि आफ्नो नाम गरेका छन्।

मल्ले नेदरल्याण्डसंग फाइनलमा २०८.३३ को स्ट्राइक रेटले २४ बलमा ५० रन बनाएका थिए। १० खेलमा ८ इनिंग्समा ब्याटिंग गरेका कुशलले कुल १४९ रन बनाएका छन् जुन क्रममा उनको स्ट्राइक रेट १६५.५५ रहेको छ। कुशल पछि धेरै स्ट्राइक रेट करन केसीको रहेको छ जसले ३३ खेलको २० इनिंग्समा ब्याटिंग गर्दा १५२.०० को स्ट्राइक रेटले २२८ रन बनएका छन्। तेश्रो धेरै कुशल भुर्तेलले १३०.४० , चौथो धेरै आसिफ शेखको १३८.४० तथा पाँचौ धेरै पारस खड्काको १२८.०४ स्ट्राइक रेट रहेको छ।

यो पनि पढ्नुस 

https://wicketnepal.com/champ-nepal-team-icc-cover-pic/

https://wicketnepal.com/nep-vs-ned-final-news-wn21-tri/

https://wicketnepal.com/kushal-pos-6-thula-kirtiman-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy