मधेशविरुद्ध पुलिसको सानदार जित

२०८१ पुष २५, बिहीबार १५:२८

काठमाडौं । दुई दिवसीय क्रिकेट प्रतियोगिता ‘जय ट्रफी’ पुरुष एलिट कपमा विभागीय टोली नेपाल पुलिस क्लबले मधेश प्रदेशविरुद्ध सहज जित हासिल गरेको छ।

वीरगन्जस्थित नरायाणी क्रिकेट मैदानमा बिहिबार भएको दोस्रो तथा अन्तिम दिन पुलिसले एक इनिङ र ३५ रनको जित निकालेको हो।

दोस्रो इनिङमा मधेश प्रदेश ९४ रनमै समेटिएपछि पुलिस फेरि ब्याटिङमा आउनु परेन। मधेशका लागि विशाल पटेलले २७, मायन यादवले २२ र हिमान्शु दत्तले १७ रन बनाए।

पुलिसका लागि कुशल भुर्तेलले पाँच, गुल्शनकुमार झाले तीन तथा ललितनारायण राजवंशीले दुई विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मधेश पहिलो इनिङमा १२९ रनमै समेटिएको थियो। २५८/४ को स्थितीमा पहिलो इनिङ समाप्तीको घोषणा गरेको पुलिसले १२९ रनको अग्रता लिएको थियो।

यसअघि पुलिसले आर्मी र मधेशले बागमती प्रदेशसँग बराबरी खेलेका थिए।

लिग चरणको अन्तिम खेलमा पुलिसले बागमती र मधेशले आर्मीको सामना गर्नेछन्।

तस्बिर : क्यान

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy