एसीसी महिला टि-२० : नेपालको लगातार दोश्रो जित

मलेसियामा जारि एसीसी महिला टि-ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले लगातार दोश्रो खेलमा जित हात पारेको छ। नेपालले कुवेतलाई २५ रनले पराजित गर्यो।

क्वालालम्पुर स्थित किनरारा ओभल मैदानमा नेपालले दिएको १०८ रनको लक्ष पछ्याएको कुवेतले पुरै २० ओभर ब्याटिंग गर्दै ७ विकेट क्षतिमा ८२ रन मात्र बनायो। स्कोरकार्ड 

कुवेतको लागि ओपनर प्रियादा मुरलीले ३१, मरियम्मा हैदरले १६ तथा अम्ना तारिकले १४ रन योगदान दिए। नेपालको बलिंगमा देब्रे हाते स्पिनर सिता राना मगरले २ विकेट तथा अश्मिना कर्माचार्य, संगीता राई र इन्दु बर्माले १/१ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको नेपालले २० ओभरमा ४ विकेट क्षतिमा १०७ रन बनायो।

खराब सुरुवात गरेको नेपालले पहिलो ४ विकेट ४७ रन बनाउदा गुमायो। पाँचौ विकेटको लागि इन्दु बर्मा र कप्तान रुबिना क्षेत्रीले अविजित ६० रनको साझेदारी गरे। रुबिनाले २७ बलमा ४ चौका मद्दतले ३४ तथा इन्दुले ३३ बलमा २ चौका मद्दतले २८ रन बनाईन्। ज्योति पाण्डेले १५ तथा बिन्दु रावलले ११ रन बनाए।

कुवेत बलर मरीयम्मा हैदरले २ तथा मर्याम ओमर र खादिजा खलिलले १/१ विकेट लिए।

प्रतियोगिताको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले पराजित गरेको थियो। नेपालले तेश्रो खेल सोमबार बहराइनसंग खेल्नेछ भने चौथो खेलमा २१ तारिख हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको समुह ‘बि’ मा नेपालसंगै भुटान, कुवेत, बहराइन र हंगकंग छ भने समुह ‘ए’ मा  मलेसिया, ओमान, कतार, सिंगापुर र संयुक्त अरव इमिरेट्स (यूएई) रहेको छ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल पुग्ने दुई टिम महिला एसिया कप खेल्न छनोट हुनेछन्। सेमिफाइनल जुन २४ र फाइनल खेल २५ तारिख हुनेछ ।

 

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy