हाइ स्कोरिंग रोमान्चक खेलमा कुवेतद्वारा कतार पराजित, नेपाललाई फाइदा कि घाटा ?

निकै रोमान्चक हाइ स्कोरिंग खेलमा कतारलाई कुवेतले १० रनले पराजित गर्दै टि-२० विश्वकप छनौट एसिया फाइनलमा पहिलो जित दर्ता गरेको छ।

रोमान्चक रह्यो खेल 

कतारको लागि कप्तान तमुर सज्जादले अविजित ४६ रन तथा नौमन सरवारले अविजित ३४ रन बनाए पनि जित दिलाउन सकेनन्। सरवारले २० बलमा ६ चौका र १ छक्का तथा सज्जादले ३२ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

कतार एक समय १५.३ ओभरमा १२८/५ को अवस्थामा थियो। अन्तिम २ ओभरमा ४५ रन आवस्यक हुँदा नौमन सरवारले १९ औं ओभरमा ३ चौका प्रहार गरेका थिए। अन्तिम ओभरमा जित्न ३१ रन आवस्यक हुँदा ओभरको पहिलो ३ बलमा चौका, चौका र छक्का प्रहार गर्दै नौमन सरवारले जित दिलाउने प्रयास गरेका थिए।

अन्तिम ३ बलमा १६ रन आवस्यक रहेको बेला कुवेत बलर मोहम्मद एहसानले चौथो र पाँचौ बलमा मात्र १/१ रन दिएका थिए। अन्तिम बलमा सरवारले चौका प्रहार गरे पनि १० रनले हार बेहोर्न बाध्य भयो। कुवेत बलर शैराज खान र जनदु हमुदले २/२ विकेट लिए।

कुवेतको ब्याटिंग  

सिंगापुरको इन्डियन एसोसीएसन मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिंग गरको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर १९७ रन बनाएको थियो। उसको लागि प्लेयर अफ द म्याच समेत चुनिएका अद्नान इद्रेसले सर्वाधिक ५६ रन बनाउन मात्र ३२ बलमा ८ चौका र २ छक्का प्रहार गरे। यस्तै कप्तान मुहम्मद कासिफले ३० बलमा ५ छक्का र १ चौका मदतले ४३ रन बनाए। ओपनर मित भाभसारले ३५, आर सान्दारुवानले २६ तथा उस्मान वाहिदले अविजित १८ रन बनाए। कतार बलर नौमन सरवार र इकबाल हुसेनले २/२ विकेट लिए।

अंकतालिका यस्तो छ , अब विजेता बन्ने समीकरण यस्तो 

प्रतियोगिता अन्तर्गत नेपालले भोलि शनिवार कुवेतसंग खेल्नेछ। अब जित्ने पर्ने खेलमा कुवेतसंग पनि नेपाल डराउनु पर्ने अवस्था भएको छ। किनकि कतारलाई नेपालले पराजित गरेको थियो जसलाई कुवेतले पराजित गरे पछि अब नेपाल ढुक्क हुने अवस्था रहेको छैन।

प्रतियोगिताको पहिलो खेलमा मलेसियासंग ४२ रनले पराजित भएको कुवेतले सिंगापुरसंगको खेल बर्षाले हुन नपाउदा १ अंक बाड्नु परेको थियो। तेश्रो खेलमा जित संगै २ अंक साथ प्रतियोगिताको अंक तालिकामा कुवेत ३ खेलमा ३ अंकको साथ दोश्रो स्थानमा उक्लेको छ। पहिलो स्थानमा रहेको सिंगापुरको २ खेलमा १ जित र १ बराबरी अंक सहित समान ३ अंक रहेको छ र नेट रन रेटमा अघि रहेको छ। सिंगापुरको नेट रन रेट १.६५ रहेको छ भने कुवेतको -०.८ रहेको छ। अंक तालिकामा नेपाल २ खेलमा १ जित र १ हार सहित चौथो र मलेसिया पनि समान नतिजा सहित नेट रन रेटमा नेपाललाई पछि पार्दै तेश्रो स्थानमा रहेको छ।

आजै दोश्रो खेलमा सिंगापुर र मलेसिया प्रतिस्पर्धा गर्ने भएकोले त्यस खेल पछि नेपालको लागि विजेता बन्ने समीकरण व्याखा गर्न अझ सजिलो हुनेछ।

अब बाँकी खेलहरु 

आज –  सिंगापुर VS मलेसिया
जुलाई २७ – कुवेत VS नेपाल र मलेसिया VS कतार
जुलाई २८ – सिंगापुर VS नेपाल

नेपालको लागि अब सहजै विजेता बन्नको लागि २ खेल जित्नु पर्नेछ भने मलेसियाले खेल्न बाँकी २ खेलमा १ खेल हारे पुग्छ।

यदी नेपाल र मलेसियाले बाँकी दुवै खेल जित्यो भने नेपाल/मलेसियाको ६/६ अंक हुनेछ र नेट रन रेटमा विजेता टिम तय हुनेछ। अहिले मलेसियाको नेट रन रेट नेपालको भन्दा निकै राम्रो ( नेपालको ०.१२३ र मलेसियाको १.०९१ ) रहेकोले मलेसियासंग अंक बराबरी भए नेपाल नेट रन रेटमा पछि पर्न सक्छ।

कुवेतसंग पराजित भए पछि कतारको भने विश्वकप पुग्ने सम्भावना अब मुस्किल बनेको छ। अब कतारले मलेसियासंग १ खेल खेल्न बाँकी रहेको छ जुन खेल जिते पनि कतारको मात्र ४ अंक हुनेछ। नेट रन रेट पनि -०.५९६ रहेकोले अब कतारको विजेता बन्ने सम्भावना लगभग सकिएको छ।

आयोजक सिंगापुर सहित नेपाल, कतार, कुवेत र मलेसिया सहभागी प्रतियोगिताको विजेता टिमले अक्टोबरमा युएईमा आयोजना हुने टि-२० विश्वकप ग्लोबल छनौट खेल्न पाउनेछ।

 





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]

क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान

हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद […]

राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका […]

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ […]

कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । […]

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]