भेट्रान्स क्रिकेट : पहिलो खेलमा कुवेतद्वारा नेपाल पराजित

नेपाल भेट्रान्स टिम खेलको टि-२० सिरिज खेल्न नेपाल भ्रमणमा आएको कुवेतको भेट्रान्स क्रिकेट टिम कुवेत बादशाह क्रिकेट क्लबले विजयी सुरुवात गर्दै सिरिजमा १-० को अग्रता हाँसिल गरेको छ।

टियु अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा नेपाल भेट्रान्सले दिएको १६६ रनको लक्ष्य भ्रमण टिमले १५.२ ओभरमा ६ विकेट क्षेतीमा पुरा गर्दै ४ विकेटको जित दर्ता गर्यो।

कुवेतको जितमा ब्याटिंग अर्फ़ अदिथ कुमाराले सर्वाधिक ६७ रन, खुर्रम शहजादले ३६ तथा मुहम्मद हफिजले ३१ रन बनाए भने बलिंग अर्फ़ जम्शाद अज्मतले ३ विकेट लिए।

नेपालको ब्याटिंगमा कृतार्थ शाक्यले सर्वाधिक ३८, दिपेन्द्र चौधरीले अविजित ३५ तथा परेश लोहनीले ३२ रन बनाए। नेपालको बलिंगमा रिकेश लामा र राजु बस्नेतले २/२ विकेट लिए।

सिरिजको दोश्रो खेल भोलि आइतबार तथा तेश्रो खेल सोमबार खेलिनेछ।

पहिलो पटक नेपाली भेट्रान्स क्रिकेट टिमले अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलीरहेको हो।





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]