कुवेत बादशाहलाई भेट्रान्स क्रिकेट उपाधि

निर्णायक तेश्रो टि-२० मा नेपाल भेट्रान्स टिमलाई २७ रनले पराजित गर्दै कुवेतको कुवेत बादशाह क्रिकेट क्लबले अन्तर्राष्ट्रिय भेट्रान्स टि-२० मैत्रीपूर्ण क्रिकेट सिरिजको उपाधि जितेको छ। सिरिजको पहिलो खेल कुवेत बादशाहले ४ विकेटले जित्दा दोश्रो खेल नेपाल भेट्रान्सके ४३ रनले जितेको थियो।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सोमबार सम्पन्न फाइनलमा कुवेत बादशाहले दिएको २०२ रनको लक्ष्य पछ्याएको नेपाली भेट्रान्सले पुरै २० ओभर ब्याटिंग गरेता पनि ७ विकेट गुमाएर १७४ रन मात्र बनाउन सक्यो।

नेपालको ब्याटिंगमा कृतार्थ शाक्य र दिपेन्द्र चौधरीले अर्धशतकीय योगदान दिए। शाक्यले ६३ तथा चौधरीले ५५ रन बनाए। युनिल श्रेष्ठले १५ रन बनाए। कुवेत बादशाहका जम्शेद अज्मत र नईम शाहिदले २/२ विकेट लिए।

यस अघि पहिले ब्याटिंग गरेको कुवेत बादशाहले २० ओभरमा ९ विकेट गुमाएर २०१ रन बनायो। उसको लागि खुर्रम शहजादले शतकीय योगदान दिने क्रममा १०९ रन बनाए। अदिथ कुमाराले ३७ तथा समिर भट्टीले १६ रन बनाए। नेपालको बलिंगमा विकास सिंह र किरन रानाले ३/३ तथा रिकेश लामाले २ विकेट लिए।

फाइनलमा शतक बनाएका कुवेतका खुर्रम शहजाद प्रतियोगिताकै उत्कृस्ट खेलाडी घोषित भए जसले कुल १७१ रन बनाए भने १ विकेट समेत लिए। प्रतियोगिताकै उत्कृस्ट ब्याटर १९८ रन बनाएका नेपाली टिमका कृतार्थ शाक्य तथा उत्कृस्ट बलर ५ विकेट लिएका कुवेत टिमका सम्शेद अज्मत घोषित भए।

पहिलो पटक नेपाली भेट्रान्स क्रिकेट टिमले अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलेको हो।





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]