कुवेत बादशाहलाई भेट्रान्स क्रिकेट उपाधि

२०८० भाद्र १८, सोमबार २०:१५

निर्णायक तेश्रो टि-२० मा नेपाल भेट्रान्स टिमलाई २७ रनले पराजित गर्दै कुवेतको कुवेत बादशाह क्रिकेट क्लबले अन्तर्राष्ट्रिय भेट्रान्स टि-२० मैत्रीपूर्ण क्रिकेट सिरिजको उपाधि जितेको छ। सिरिजको पहिलो खेल कुवेत बादशाहले ४ विकेटले जित्दा दोश्रो खेल नेपाल भेट्रान्सके ४३ रनले जितेको थियो।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सोमबार सम्पन्न फाइनलमा कुवेत बादशाहले दिएको २०२ रनको लक्ष्य पछ्याएको नेपाली भेट्रान्सले पुरै २० ओभर ब्याटिंग गरेता पनि ७ विकेट गुमाएर १७४ रन मात्र बनाउन सक्यो।

नेपालको ब्याटिंगमा कृतार्थ शाक्य र दिपेन्द्र चौधरीले अर्धशतकीय योगदान दिए। शाक्यले ६३ तथा चौधरीले ५५ रन बनाए। युनिल श्रेष्ठले १५ रन बनाए। कुवेत बादशाहका जम्शेद अज्मत र नईम शाहिदले २/२ विकेट लिए।

यस अघि पहिले ब्याटिंग गरेको कुवेत बादशाहले २० ओभरमा ९ विकेट गुमाएर २०१ रन बनायो। उसको लागि खुर्रम शहजादले शतकीय योगदान दिने क्रममा १०९ रन बनाए। अदिथ कुमाराले ३७ तथा समिर भट्टीले १६ रन बनाए। नेपालको बलिंगमा विकास सिंह र किरन रानाले ३/३ तथा रिकेश लामाले २ विकेट लिए।

फाइनलमा शतक बनाएका कुवेतका खुर्रम शहजाद प्रतियोगिताकै उत्कृस्ट खेलाडी घोषित भए जसले कुल १७१ रन बनाए भने १ विकेट समेत लिए। प्रतियोगिताकै उत्कृस्ट ब्याटर १९८ रन बनाएका नेपाली टिमका कृतार्थ शाक्य तथा उत्कृस्ट बलर ५ विकेट लिएका कुवेत टिमका सम्शेद अज्मत घोषित भए।

पहिलो पटक नेपाली भेट्रान्स क्रिकेट टिमले अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलेको हो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy