आईपीएल २०२१ : किंग्स-११ पन्जाबले पायो नयाँ नाम

इन्डियन प्रिमियर लिग ( आईपीएल ) को टिम किंग्स इलेभेन पन्जाबले ( Kings XI Punjab ) ले आफ्नो नाम परिवर्तन गरेको छ।

आईपीएलको १४ औं सिजन अप्रिलको दोश्रो साता देखि सुरु हुँदैछ त्यस अघि टिमले आफ्नो नाम परिवर्तन गर्दै पन्जाब किंग्स ( Punjab Kings ) बनाएको हो। भारतीय क्रिकेट बोर्डले नाम परिवर्तनको लागि मन्जुरी दिईसकेको बताईएको छ।

हालसम्म टिमको नाम परिवर्तन गर्नुको कारण बताईएको छैन। टिमले केहि दिनमा मुम्बईमा भाग्य कार्यक्रम गर्दै टिमको रि-लन्च गर्ने छ। आईपीएलको अक्क्सन १८ फेब्रुअरीबाट चेन्नाईमा सुरु हुँदैछ जसमा पन्जाब किंग्सको रुपमा टिम सहभागी हुनेछ।

पन्जाब किंग्सको मालिक चर्चित अभिनेत्री प्रिती जिन्टा सहित मोहित बर्मन, नेस वाडीया र करन पौल हुन्। १३ वर्षे लिग इतिहासमा पन्जाबले आफुलाई उत्कृस्ट टिमको रुपमा नियमित रुपमा प्रस्तुत गरेको छैन। टिमले लिग इतिहासमा एक पटक तेश्रो स्थान तथा एक पटक उपविजेता स्थान हाँसिल गर्न सकेको छ। पहिलो सिजन २००८ मा सेमीफाइनल पुगेको पन्जाब त्यसपछि २०१४ को सिजनमा उपविजेता बनेको थियो जुन क्रममा फाइनलमा कोलकातासंग पराजित भएको थियो। युएईमा सम्पन्न गत सिजन आईपीएलमा टिम छैठौं स्थानमा रहेको थियो।

आईपीएलमा पछिल्लो पटक नाम परिवर्तन गर्ने टिम दिल्ली क्यापिटल्स रहेको थियो जसले २०१८ को सिजन सम्म दिल्ली डेयर डेभिल्स नामबाट लिग खेल्ने गर्थ्यो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy