कप्तान राहुलको अर्धशतक, पन्जाबद्वारा चेन्नाईलाई १७९ रनको लक्ष्य

युएईमा जारि आईपीएल टि-२० अन्तर्गत आइतबारको दोश्रो खेलमा चेन्नाई सुपर किंग्स र किंग्स-११ पन्जाब प्रतिस्पर्धा गरिरहेका छन्।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर ब्याटिंग गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १७८ रन बनाउदै चेन्नाईलाई १७९ रनको लक्ष्य दिएको छ।

पन्जाबको लागि कप्तान केएल राहुलले उत्कृस्ट फर्म कायम राख्ने क्रममा सर्वाधिक ६३ रन बनाए। उनले ५२ बलमा ७ चौका र १ छक्का प्रहार गरे। उनलाई १८ औं ओभरमा शार्दुल ठाकुरले विकेटकिपर धोनीबाट क्याच आउट गराएका थिए। राहुलले यस अघि राजस्थान बिरुद्ध ६९ तथा बैंगलोर बिरुद्ध १३२ रन बनाएका थिए।

निकोलस पुरनले १७ बलमा ३३ ( १ चौका र ३ छक्का ), मन्दिप सिंहले १६ बलमा २७ ( २ छक्का ) तथा मायाँक अग्रवालले १९ बलमा २६ ( ३ छक्का ) रन बनाए। सरफराज खान र ग्लेन म्याक्सवेलले क्रमशः अविजित १४ रन ११ रन बनाए।

राहुलले पहिलो विकेटको लागि अग्रवालसंग ६१, दोश्रो विकेटको लागि मन्दिप सिंहसंग ३३ तथा तेश्रो विकेटको लागि निकोलस पुरनसंग ५८ रनको साझेदारी गरे।

पुरन र केएल राहुलको साझेदारीले पन्जाबठूलो योगफलतर्फ अघि बढी रहेको अवस्थामा शार्दुल ठाकुरले पुरन र राहुललाई १८ औं ओभरमा लगातार आउट गर्दै चेन्नाईलाई खेलमा फर्काएका थिए।

पुरन र राहुलको विकेटपछि सरफराज खान र ग्लेन म्याक्सवेलले पाँचौ विकेटको लागि १६ बलमा अविजित २६ रनको साझेदारी गरे।

डेथ ओभरमा राम्रो बलिंग गर्ने क्रममा चेन्नाईले अन्तिम ५ ओभरमा ४८ रन खर्चेर २ विकेट हात पार्यो।

केएल राहुलको विकेट लिंदा शार्दुल ठाकुरको खुसि

चेन्नाईको बलिंगमा शार्दुल ठाकुरले सर्वाधिक २ विकेट लिए जुन क्रममा ४ ओभरमा ३९ रन खर्चिए। रभीन्द्र जडेजा ( ४-०-३०-१ ) र पियुष चावलाले ( २-०-२२-१ ) समान १ विकेट लिए। दिपक चाहर ( ३-०-१७-० ) , स्याम करन ( ३-०-३१-० ) र ड्वेन ब्राभो ( ४-०-३८-० ) विकेटविहिन रहे।

लिग अंकतालिकामा ४ खेलमा समान १ जित र ३ हार पछि २ अंक सहित पन्जाब सातौँ र चेन्नाई आठौँ स्थानमा रहेको छ।

चेन्नाई अघिल्लो खेलमा हैदरावादसंग ७ रनले पराजित भएको थियो जुन क्रममा १६५ रनको लक्ष्य पछ्याउन असफल रहेको थियो। पन्जाब मुम्बईसंग ४८ रनले पराजित हुँदा मुम्बईले दिएको १९२ रनको लक्ष्य पछ्याउने क्रममा १४३ रन मात्र बनाउन सकेको थियो।

“अन्तिममा सम्भवतः ७-८ वटा फुल टस मैले गने”- वार्नर

हैदरावादलाई पराजित गर्दै मुम्बई अंकतालिकाको शिर्षमा

कोरोनाका कारण डिपीएलको चौथो संस्करण सर्यो

‘कार्तिकको सट्टा कोलकाताको कप्तानी मोर्गनले गर्नुपर्छ’ – श्रीसंत

आईपीएलमा सट्टेबाजको सक्रियता, एक खेलाडीलाई गरियो सम्पर्क





थप समाचार

हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द, नेपाल सुपर थ्रीमा

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर थ्रीमा प्रवेश गरेको छ। शुक्रबार तय भएको हङकङ र बहराइनबीचको खेल […]

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने 

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजना हुने भएको छ । […]

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]