भारतमा जारि १४ औं आईपीएल अन्तर्गत ११ औं खेलमा दिल्ली क्यापिटल्स र पन्जाब किंग्स प्रतिस्पर्धा गरिरहेका छन्।
मुम्बई स्थित वानखेडे स्टेडियममा टस हारेर ब्याटिंग गरेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाउदै १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
पन्जाबको सुरुवात उत्कृस्ट रह्यो। कप्तान केएल राहुल र मायाँक अग्रवालले शतकीय ओपनिंग साझेदारी गरे।
१३ औं ओभरमा लुक्मन मेरीवालाबाट क्याच आउट हुनु अघि दुई ब्याट्सम्यानले १२२ रन जोडे। अग्रवालले मात्र ३६ बलमा ७ चौका र ४ छक्का मद्दतले ६९ रन बनाए। १६ औं ओभरमा केएल राहुललाई कागीसो रबाडाले क्याच आउट गराए जस अघि उनले ५१ बलमा ७ चौका र २ छक्का मद्दतले ६१ रन बनाए।

त्यसपछि क्रिस गेल मात्र ११ रन बनाएर क्रिस वोक्सबाट तथा निकोलस पुरन ९ रन बनाएर आभेस खानबाट क्याच आउट भए।
दिपक हुडा र शाहरुख खानले आक्रमक ब्याटिंग गर्दै टिमलाई विशाल योगफलतर्फ डोर्याए। खानले मात्र ५ बलमा २ चौका र १ छक्का मद्दतले अविजित १५ रन बनए भने हुडाले १३ बलमा २ छक्का मद्दतले अविजित २२ रन बनाए। अन्तिम ५ ओभरमा पन्जाबले ३ विकेट गुमाउदा ५४ रन बनायो।
दिल्लीको बलिंगमा क्रिस वोक्स ( ४-०-४२-१ ), लुक्मन मेरिवाला ( ३-०-३२-१ ) , कागीसो रबाडा ( ४-०-४३-१ ) र आभेस खान ( ४-०-३३-१ ) ले समान १ विकेट लिए।
लिग अन्तर्गत यस अघि दिल्ली र पन्जाब दुवैले समान २ खेल खेल्दा समान १ जित र १ हार बेहोरेको छ।
यो पनि पढ्नुस
https://wicketnepal.com/rcb-vs-kkr-m10th-ipl-rep-wn21/
https://wicketnepal.com/nepal-vs-mal-head-to-head-wn21/
