पन्जाब बिरुद्ध चम्किए सन्दिप, मोरिस र रबाडा, दिल्लीले पायो १६७ रनको लक्ष्य

  • विकेटनेपाल, चैत-१८ 

इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत १३ औं खेलमा दिल्ली क्यापिटल्स र किंग्स-११ पन्जाब प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा टस जितेर दिल्लीले ब्याटिंग गरे पछि पन्जाबले पहिले ब्याटिंग गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६६ रनको योगफल तयार गरेको छ।

टस हारेर ब्याटिंग गरेको किंग्स-११ पन्जाबले ओपनर लोकेस राहुल ( १५ रन, ११ बलमा २ चौका र १ छक्का ) लाई पहिलो विकेटको रुपमा गुमायो। अर्का ओपनर स्याम करन पनि २० रन ( १० बलमा ३ चौका र १ छक्का ) बनाएर आउट भए। राहुललाई क्रिस मोरिस र करनलाई सन्दिप लामिछानेले एलबिडब्लु गरे।

Sandeep Lamichhane

तेश्रो विकेटको रुपमा मायाँक अग्रवाल ( ६ रन ) लाई धवनले सिधा थ्रोमा रन आउट गरेपछि पन्जाब ७.१ ओभरमा ५८/३ को अवस्थामा पुग्यो।

चौथो विकेटको लागि सरफराज खान र डेभिड मिलरले साझेदारी गर्दै पन्जाबको योगफल १०० रन पार गराए। खतरनाक बन्दै गएको साझेदारीलाई सन्दिपले १४ औं ओभरमा सरफराज खानलाई क्याच आउट गराएर तोडे। खानले २९ बलमा ६ चौका प्रहार गरेका थिए।

सरफराजको विकेट पछि ४३ रन बनाएका डेभिड मिलर १७ औं ओभरमा क्रिस मोरिसको बलमा आउट भए। ३० बलमा मिलरले ४ चौका र २ छक्का प्रहार गरे।

डेभिड मिलरको विकेट पछि पन्जाबको तल्लो क्रमले खास प्रदर्शन गर्न सकेन। मन्दिप सिंहले अविजित २९ रन ( २१ बलमा २ चौका र १ छक्का ) प्रहार गर्दा पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर १६६ रन बनाउन सक्यो।

अन्तिमको ओभरहरुमा क्रिस मोरिस र कागीसो रबाडाले कसिलो बलिंग गर्नुको साथै विकेट पनि लिए। मोरिसले सर्वाधिक ३ विकेट लिन ४ ओभरमा ३० रन खर्चिए।

रबाडा ( ४-०-३२-२ ) र सन्दिपले ( ४-०-२७-२ ) समान २/२ विकेट लिए। दिल्लीले प्रयोग गरेको ६ बलर मध्ये सन्दिप सबैभन्दा किफायती बलर सावित भए।

सन्दिपको शानदार बलिंग , यस्तो रह्यो ४ ओभर

पहिलो ओभर – १० रन खर्चेर १ विकेट ( १ रन, डट , २ रन , छक्का ! , विकेट ! , १ रन )

इनिंगको चौथो ओभरमा बलिंग गर्न आएका सन्दिपको पहिलो बलमा मायाँक अग्रवालले १ रन लिए भने दोश्रो बलमा स्याम करनले रन बनाउन सकेनन्। तेश्रो बलमा करनले २ रन लिए भने चौथो बलमा सन्दिपको गुग्लीलाई उनले छक्का प्रहार गरे।

ओभरको पाँचौ बलमा भने सन्दिपले अघिल्लो बलको छक्काको बदला लिए र स्याम करनलाई एलबिडब्लु धरापमा पारे। १० बलमा १ छक्का र ३ चौका प्रहार गरेका करनले २० रन बनाए। ओभरको पाँचौ बलमा सरफराज खानले १ रन लिएपछि सन्दिपले पहिलो ओभरमा १० रन खर्चेर १ विकेट लिए।

 दोश्रो ओभर – ४ रन ( डट , डट , १ रन, १ रन, १ रन , १ रन )

सातौं ओभरमा दोश्रो ओभर गर्न आएका सन्दिपलाई मायाँक अग्रवाल र सरफराज खानले खुलेर खेल्न सकेनन्। कसिलो ओभर गरेका सन्दिपले पहिलो २ बलमा मायाँक अग्रवाललाई डट बल गरे । त्यसपछिको ४ बलमा दुवै ब्याट्सम्यानले १-१ रन मात्रै लिन सके।

 तेश्रो ओभर – १० रन ( १ बाई , डट , १ रन , १ रन , १ रन , छक्का )

१२ औं ओभरमा तेश्रो ओभर बलिंग गरेका सन्दिपले कसिलो बलिंग गरेपनि ओभरको अन्तिम बलमा डेभिड मिलरले छक्का प्रहार गर्दा १० रन खर्चिन पुगे।

चौथो ओभर – ४ रन खर्चेर १ विकेट ( डट , १ रन, १ रन, १ रन , विकेट , १ रन )

स्पेलको अन्तिम ओभर बलिंग गरेका सन्दिपले पाँचौ बलमा राम्रो ब्याटिंग गरिरहेका सरफराज खानको विकेट लिंदै महत्वपूर्ण सफलता दिलाए। सरफराज र मिलर बीचको साझेदारी खतरनाक बन्दै गएको बेला सन्दिपले लेग स्पिन बलिंगमा ३९ रन बनाएका सरफराजलाई क्याच आउट गराए।ओभरमा सन्दिपले ४ रन मात्रै खर्चेर १ विकेट लिए। ४ रननै सिंगलबाट आएको थियो।

कुल ४ ओभर बलिंग गर्दै सन्दिपले २७ रन खर्चेर २ विकेट लिए पछि दिल्ली खेलमा फर्किएको थियो। अन्य बलरहरु महँगो सावित हुँदा सन्दिपले ६.७५ प्रति ओभर मात्रै खर्चेर दोश्रो खेलमा पनि प्रभावित बनाए।

लिग अन्तर्गत सन्दिपले खेलेको पछिल्लो खेलमा कोलकाता बिरुद्ध ४ ओभरमा २९ रन दिएर १ विकेट लिएका थिए।





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]