डीभिल्लर्स र स्टोइनिसले विस्फोटक ब्याटिंग गर्दा बैंगलोरको बिशाल योगफल

इन्डियन प्रिमियर लिग अन्तर्गत ४२ औं खेलमा किंग्स-११ पन्जाब र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गरिरहेका छन्। टस हारेर पहिले ब्याटिंग गरको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर २०२ रनको योगफल तयार गरेको छ।

बैंगलोरको घरेलु मैदान चिन्नस्वामीमा टस हारेर ब्याटिंग गरेको बैंगलोरका कप्तान बिराट कोहली छिट्टै आउट भए। चौथो ओभरमा कोहलीलाई मोहम्मद शामीले क्याच आउट गराए जसले १३ रन बनाएका थिए।

दोश्रो विकेटको लागि ओपनर पार्थिभ पटेल र एबि डी भिल्लर्सले ३६ रनको साझेदारी गरे। पर्थिभ ४३ रन बनाए आउट भए जस अघि २४ बलमा ७ चौका र २ छक्का प्रहार गरे। लगत्तै मोइन अलि पनि ४ रन बनाएर आश्विनको बलमा बोल्ड भए भने अक्षदिप नाथ पनि ३ रन बनाएर आउट भए।

९ ओभरमा ८१/४ को अवस्थामा पुगेको बैंगलोरलाई त्यसपछि डी भिल्लर्स र मार्कस स्टोइनीसले सम्हाले। दुवैले विस्फोटक इनिंग खेल्ने क्रममा अविजित इनिंग खेल्दै बैंगलोरको योगफल २०० पार गराए।

डी भिल्लर्सले अविजित ८२ रन बनाए जुन क्रममा ४४ बलमा ७ छक्का र ३ चौका प्रहार गरे। स्टोइनिसले ३४ बलमा २ चौका र ३ छक्का मदतले अविजित ४६ रन बनाए। दुई ब्याट्सम्यानले पाँचौ विकेटको लागि ११ ओभरमा १२१ रनको साझेदारी गरे।

भिल्जोइनले गरेको इनिंगको अन्तिम ओभरमा डी भिल्लीलर्स र स्टोइनिसले २७ रन बनाए। ओभरमा स्टोइनिसले ३ र डी  भिल्लीलर्सले १ छक्का प्रहार गरे। यस्तै १९ औं ओभरमा भिल्लीलर्सले मोहम्मद शामीलाई लगातार ३ छक्का प्रहार गरेका थिए।

पन्जाब बलर मोहम्मद शामी ( ४-०-५३-१ ) , मुरुगन आश्विन ( ४-०-३१-१ ) , रभीचन्द्रन आश्विन ( ४-०-१५-१ ) र हार्दुस भिलजोन ( ४-०-५१-१ ) ले १/१ विकेट लिए।

आईपीएल अंकतालिकामा पन्जाब १० खेलमा ५/५ जित र हार सहित १० अंक सहित पाँचौ स्थानमा रहेको छ। बैंगलोर १० खेलमा ३ जित र ७ हार बेहोर्दै ६ अंक सहित आठौँ स्थानमा रहेको छ। आजको खेल जिते बैंगलोर सातौँ स्थानमा उक्लने छ भने पन्जाब जिते चौथो स्थानमा उक्लनेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy