IPL Match 5 : टुट्ला पन्जाब बिरुद्ध बैंगलोरको दबदबा ? यस्तो छ हेड टु हेड नतिजा

युएईमा जारि आईपीएल टि-२० अन्तर्गत बिहिबार बिराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंगलोर र केएल राहुल कप्तानीको किंग्स-११ पन्जाब प्रतिस्पर्धा गर्दैछन्। खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा राति ७:४५ बजे सुरु हुनेछ।

अघिल्लो खेलको नतिजा :

लिग अन्तर्गत यस अघि दुवै टिमले १/१ खेल खेलीसकेका छन्। पन्जाबले दिल्लीसंग सुपर ओभरमा हार बेहोरेको थियो। दिल्ली र पन्जाब दुवैले २० ओभरमा समान १५७ रन बनाएपछि सुपर ओभरमा पन्जाबले दिएको ३ रनको लक्ष्य दिल्लीले विकेट नगुमाई पुरा गरेको थियो। खेलमा ओपनर मायाँक अग्रवाल बाहेक अन्य ब्याट्सम्यानहरु चल्नसकेका थिएनन् जुन कमजोर आज बैंगलोरलाई जित्न हटाउनु पर्नेछ।

बैंगलोरले विजयी सुरुवात गर्ने क्रममा सनराइजर्स हैदरावादलाई १० रनले पराजित गरेको थियो। बैंगलोरले दिएको १६४ रन लक्ष्य पछ्याउदा हैदरावाद १५३ रनमा समेटिएको थियो। टिमको ब्याटिंग र बलिंग प्रदर्शन सन्तुलित देखिएको छ। ओपनर देभदत्त पडीक्कलको आगमन तथा बलिंगमा स्पिनर चाहल, फास्ट बलर सैनीको लयले टिममा छुट्टै आत्मविश्वास देखिन्छ।

हेड टु हेड : लिग अन्तर्गत दुवै टिमले एकअर्कासंग कुल २४ खेल खेलेका छन् जसमा दुवै टिमले समान १२ खेल जितेका छन्। तर त्यसमध्ये पछिल्लो ४ खेलमा बैंगलोर विजयी रहेको थियो। २०१७ पछि पन्जाबले बैंगलोरलाई पराजित गरेको छैन।

बैंगलोरको सम्भावित-११ : देभदत्त पडीक्कल, आरोन फिन्च✈️, बिराट कोहली ( कप्तान ) , ए बि डी भिल्लीयर्स✈️, जोश फिलिप्पे ( विकेट किपर ) ✈️ , शिभम दुबे, वासिंगटन सुन्दर, डेल स्टेन✈️, उमेश यादव, नभदिप सैनी र युझभेन्द्र चहल

पन्जाबको सम्भावित-११ : केएल राहुल ( कप्तान र विकेटकिपर ) , मायाँक अग्रवाल, करुण नायर, निकोलस पुरन✈️, ग्लेन म्याक्सवेल✈️, सरफराज खान, कृष्णप्पा गोथम, क्रिस जोर्डन✈️, रभी बिस्नोइ, मोहम्मद शामी, शेल्डन कटरेल ✈️

पहिलो खेलमा बैंगलोरका लेग स्पिनर चाहलले ३ विकेट लिएका थिए

लयमा रहेका बैंगलोरका खेलाडी 

ब्याटिंग : लिगको डेब्युमा हैदरावाद बिरुद्ध ४२ बलमा ८ चौका मद्दतले ५६ रन बनाएका देभदत्त पडीक्कलको रुपमा बैंगलोरले राम्रो ओपनर पाएको छ। उनले खेलमा ओपनर आरोन फिन्चसंग ९० रनको साझेदारी गरेका थिए। अर्कोतर्फ स्टार ब्याट्सम्यान एबि डी भिल्लीयर्सले हैदरावाद बिरुद्ध ३० बलमा २ छक्क र ४ चौका मद्दतले ५१ रन बनाएका थिए। अन्तर्राष्ट्रिय क्रिकेट नखेलेता पनि लामो फमय पछि मैदान फर्केका डी भिल्लीयर्सले आफुलाई उत्कृस्ट सावित गर्दै आक्रामक सटहरु खेले। मध्यक्रममा डी भिल्लीयर्सको उपस्थितिले टिमको ब्याटिंग मजबुत देखिन्छ।

बलिंग : स्टार लेग स्पिनर युझ्भेन्द्र चाहल पहिलो खेलमा जितको नायक बनेका थिए। उनले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिंदा टिमले योगफल रक्षा गर्न सकेको थियो। यस क्रममा उनले ६१ रन बनाएका जोनी बेयरस्टो मनिष पाण्डे र विजय शंकरको विकेट लिंदै टिमलाई खेलमा फर्काएका थिए। यस्तै फस्ट बलर नवदीप सैनीले २५ रन खर्चेर २ विकेट लिएका थिए र डेथ ओभरमा शानदार बलिंग गरेका थिए। अर्का फस्ट बलर शिभम दुबेले पनि १५ रन खर्चेर २ विकेट लिंदै महत्वपूर्ण योगदान दिएका थिए।

लयमा रहेका पन्जाबका खेलाडी 

ब्याटिंग : पहिलो खेलमा मायाँक अग्रवाल बाहेक अन्य ब्याट्सम्यानले खास प्रदर्शन गर्न सकेका थिएनन्। ६० बलमा ७ चौका र ४ छक्का मद्दतले ८९ रन बनाएका अग्रवालले टिमलाई हार्ने अवस्थाबाट बराबरीमा पुर्याएका थिए।

मायाँक अग्रवालले पहिलो खेलमा ८९ रन बनाएका थिए

बलिंग : भारतीय फास्ट बलर मोहम्मद शामीले पहिलो खेलमा मात्र १५ रन खर्चेर ३ विकेट लिएका थिए जुन क्रममा पृथ्वी शा, शिमरन हेटमायर र दिल्ली कप्तान श्रेयस ऐयरको ठुलो विकेट लिएका थिए। अर्का फास्ट बलर शेल्डन कटरेल र लेग स्पिनर रभी बिस्नोइको प्रदर्शन पनि राम्रो थियो।

कुन कुन रेकर्ड बन्न सक्छन् 

१. पन्जाब कप्तान केएल राहुल लिगमा २ हजार रन पुरा गर्न मात्र २ रन टाढा छन्। उनले आजको खेलमा उक्त रन पुरा गरे ६० औं इनिंगमा पुरा गर्दै लिग इतिहासकै तेश्रो छिटो २ हजार रन पुरा गर्ने ब्याट्सम्यान बन्नेछन्। क्रिस गेलले सबैभन्दा छिटो ४८, शन मार्शले ५२ तथा सचिन तेन्दुलकरले ६३ इनिंगमा उक्त रन पुरा गरेका थिए।

२. दक्षिण अफ्रिकी फास्ट बलर तथा बैंगलोरका डेल स्टेन १०० आईपीएल विकेट लिन ३ विकेट मात्र टाढा रहेका छन्। लिगमा १०० विकेट मात्र १४ खेलाडीले पुरा गरेका छन्। स्टेनले ९३ खेलमा ९७ विकेट लिएका हुन्।

IPL कुन सिजन कुन टिमले जितेको थियो

IPL : चलेन कोलकाताको ब्याटिंग, मुम्बई अंकतालिकाको शिर्षमा

IPL : हैदरावादलाई झट्का ! लिगबाट बाहिरिए मार्श, प्रतिस्थापनमा खेलाडी घोषणा

क्यान बैठकको ९ निर्णय, डिसेम्बरमा अन्तर्राष्ट्रिय सिरिज आयोजना गर्ने





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]