IPL : कोहलीले क्याच छोड्दा राहुलको शतक, बैंगलोरलाई विशाल लक्ष्य

युएईमा जारि १३ औं आईपीएल अन्तर्गत छैठौं खेलमा बिराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंगलोर र किंग्स-११ पन्जाब प्रतिस्पर्धा गरिरहेका छन्।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारि खेलमा टस हारेर ब्याटिंग गरेको पन्जाबले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०६ रन बनाउदै बैंगलोरलाई २०७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

पन्जाबको ब्याटिंगमा ओपनिंग ब्याटिंग गरेका कप्तान केएल राहुलले अविजित शतक बनाए। लिगमा दोश्रो शतक बनाउने क्रममा राहुलले मात्र ६९ बलमा १३२ रन बनाए जुन क्रममा १४ चौका र ७ छक्का प्रहार गरे। राहुल ८३ रनमा खेल्दा १७ औं ओभरमा डेल स्टेनको बलमा कप्तान कोहलीले डिप-मिड विकेटमा क्याच छोडेका थिए।

राहुलको १३२ रन आईपीएलमा भारतीय ब्याट्सम्यानको उच्च योगफल हो। लिग इतिहासमा उनको यो दोश्रो शतक हो। यस्तै लिग इतिहासमै कुनै पनि कप्तानले बनाएको यो उच्च स्कोर हो। यस अघि सनराइजर्स हैदरावादका कप्तान डेभिड वार्नरले २०१७ मा १२६ रन बनाएर रेकर्ड बनाएका थिए। २०११ मा दिल्लीका कप्तान विरेन्द्र सेहवागले ११९ रन बनाएका थिए। २०१६ मा बैंगलोर कप्तान कोहलीले ११३, १०९ र १०८ रन बनाएका थिए।

पहिलो विकेटको लागि मायाँक अग्रवाल र कप्तान केएल राहुलले ५७ रनको साझेदारी गरेका थिए। अघिल्लो खेलमा दिल्ली बिरुद्ध ८९ रन बनएका अग्रवाललाई सातौँ ओभरमा युजभेन्द्र चाहलले बोल्ड गर्दै साझेदारी तोडे। दोश्रो विकेटको लागि निकोलस पुरनसंग राहुलले ५७ रन जोडे। १४ औं ओभरमा शिभम दुबेले १८ बलमा १७ रन बनाएका पुरनलाई क्याच आउट गराए। दुबेले १६ औं ओभरमा ग्लेन म्याक्सवेललाई ५ रनमा पेभेलियन फर्काए। त्यसपछि राहुलले चौथो विकेटको लागि करुण नायरसंग अविजित २८ बलमा ७८ रनको साझेदारी गरे। नायरले ८ बलमा १५ रन बनाए।

शिभम दुबेले २ विकेट लिए

बैंगलोरको बलिंगमा शिभम दुबेले २ विकेट लिए जुन क्रममा ३ ओभरमा ३३ रन खर्चिए। युजभेन्द्र चाहलले १ विकेट ( ४-०-२५-१ ) लिए। उमेश यादव, डेल स्टेन, वासिंगटन सुन्दर र डेल स्टेन विकेटविहिन रहे। स्टेनले ४ ओभरमा ५७ रन खर्चिए। स्टेनले गरेको १९ औं ओभरमा केएल राहुलले ३ छक्का र २ चौका प्रहार गर्दै २६ रन बनाएका थिए।

लिग अन्तर्गत पहिलो खेलमा बैंगलोरले सनराइजर्स हैदरावादलाई १० रनले पराजित गरेको थियो भने पन्जाब सुपर ओभरमा दिल्लीसंग पराजित भएको थियो।

बैंगलोरको अन्तिम ११ : डेभदत्त पडीक्कल, आरोन फिन्च, बिराट कोहली ( कप्तान ) , ए बि डी भिल्लीयर्स, शिभम दुबे, जोश फिलिपे ( विकेटकिपर ) , वासिंगटन सुन्दर, नभदिप सैनी, उमेश यादव, डेल स्टेन पन्जाबको अन्तिम ११ : केएल राहुल ( कप्तान/ विकेटकिपर ) , करुण नायर, निकोलस पुरन ,ग्लेन म्याक्सवेल, सरफराज खान, जेम्स निशम, मोहम्मद शामी, मुरुगन आश्विन, शेल्डन कटरेल, रभी बिस्नोइ

चेन्नाईसंग आश्विन खेल्ने अनिश्चित, प्रशिक्षक कैफले बताए आश्विनको स्थान कसले लिनेछन्

चर्चित कमेन्टेटर तथा पूर्व क्रिकेटर डीन जोन्सको निधन, क्रिकेट जगतनै शोकमा

IPL 2020 : राजस्थान रोयल्सलाई राहतको खबर , स्टोक्स टिमसंग जोडिने

‘रोहित आईपीएलको दोश्रो उत्कृस्ट कप्तान’ – सेहवाग

IPL : हैदरावादलाई झट्का ! लिगबाट बाहिरिए मार्श, प्रतिस्थापनमा खेलाडी घोषणा





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]