गेलले शानदार ब्याटिंग गर्दा पन्जाबद्वारा राजस्थानलाई चुनौतीपूर्ण लक्ष्य

२०७७ कार्तिक १४, शुक्रबार २१:३३

युएईमा जारि आईपीएल २०२० अन्तर्गत ५० औं खेलमा शुक्रबार किंग्स-११ पन्जाब र राजस्थान रोयल्सले प्रतिस्पर्धा गरिरहेका छन्।

अबुधाबी स्थित शेख जायद स्टेडियममा टस हारेर ब्याटिंग गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १८५ रन बनाउदै राजस्थानलाई १८६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

पन्जाबको लागि क्रिस गेलले सर्वाधिक ९९ रन बनाए जुन क्रममा ६३ बलमा ६ चौका र ८ छक्का प्रहार गरे। गेल टि-२० क्रिकेटमा ९९ रनमा आउट भएको पहिलो पटक हो। २२ शतक बनाएका उनि गत सिजन बैंगलोर बिरुद्ध ९९ रनमा अविजित रहेका थिए। टि-२० क्रिकेटमा २ पटक ९९ रन स्कोर गर्ने गेल पहिलो ब्याट्सम्यान हुन्।

जारि सिजन गेलको यो लगातार दोश्रो अर्धशतक तथा तेश्रो अर्धशतक हो। यस क्रममा गेल टि-२० क्रिकेटमा १ हजार छक्का समेत पुरा गर्ने विश्वकै पहिलो ब्याट्सम्यान समेत बनेका छन्। गेल पछि टि२० क्रिकेटमा धेरै छक्का हान्ने ब्याट्सम्यान काइरन पोलार्ड हुन् जसले ६९० छक्का हिर्काएका छन्।

गेल र राहुलले शतकीय साझेदारी गरे

कप्तान केएल राहुलले ४१ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४६ रन बनाए। निकोलस पुरनले १० बलमा ३ छक्का हिर्काउदै २२ रन बनाए।

ओपनर मन्दिप सिंह खाता नखोली पहिलो ओभरमा जोफ्रा आर्चरबाट क्याच आउट भएपछि गेलले कप्तान राहुलसंग १२० रनको साझेदारी गरेका थिए। १५ औं ओभरमा राहुललाई स्टोक्सले क्याच आउट गराउदै साझेदारी तोडेका थिए।

राहुलको विकेटपछि गेल र निकोलस पुरनले मात्र २१ बलमा ४१ रनको साझेदारी गरे। १८ औं ओभरमा पुरनलाई स्टोक्सले क्याच आउट गराए। शतक बनाउन १ रन टाढा रहंदा गेललाई आर्चरले बोल्ड गरे। ग्लेन म्याक्सवेलले अविजित ६ रन बनाए। अन्तिम ५ ओभरमा पन्जाबले ६२ रन बनाउदै राजस्थानलाई चुनौतिपूर्ण लक्ष्य प्रस्तुत गर्यो।

राजस्थानको बलिंगमा बेन स्टोक्स ( ३-०-३२-२ ) र जोफ्रा आर्चर ( ४-०-२२-२ ) ले समान २ विकेट लिए।

गेलले टि-२० क्रिकेटमा १ हजार छक्का पुरा गर्दै नयाँ कीर्तिमान बनाए

राजस्थानको प्ले-अफ सम्भावना 

राजस्थानले प्ले-अफ सम्भावना कायम राख्न दुवै खेल जित्नुपर्नेछ। एउटा हारले राजस्थान लिगबाट बाहिरिनेछ। राजस्थानले आज पन्जाबसंग खेले पछि दोश्रो खेल कोलकातासंग खेल्नेछ। अब राजस्थान प्ले-अफ पुग्नको लागि दुवै खेल जित्नु त पर्नेछ नै त्यो संगै हैदरावाद, पन्जाब र कोलकाताले सबै खेलमा हार बेहोरोस् भन्ने पनि कामना गर्नुपर्छ। नेट रन रेट सबै भन्दा कम ( -५०५ ) रहेकोले छनौट हुन नेट रन रेटले भूमिका खेलेको खण्डमा राजस्थानलाई मुस्किल हुनेछ त्यसैले बाँकी २ खेल राजस्थानले ठुलो अन्तरले पनि जित्नुपर्छ।

पन्जाबको प्ले-अफ सम्भावना 

१२ अंक सहित अंकतालिकामा चौथो स्थानमा रहेको पन्जाबले अब बाँकी दुवै खेल ( राजस्थान र चेन्नाई बिरुद्ध ) जितेको खण्डमा पन्जाब कुनै अवरोध बिना प्लेअफ पुग्नेछ। यदी पन्जाबले एउटा मात्र खेल जितेको खण्डमा पनि सम्भावना हुनेछ,तर नेट रन रेट ( -०.०४९ ) रहेको हुँदा अंक बराबरी भएको खण्डमा भने पन्जाबलाई जोखिम छ। किनकि विशेष गरि यदी हैदरावादले ( +०.३९६ ) पनि १४ अंक बटुल्ने हो भने पन्जाब नेट रन रेटमा पन्जाबलाई हराउन सक्छ।

पन्जाबले एउटा मात्र खेल जिते १४ अंकमा रोकिनेछ जुन अवस्थामा कोलकाताले बाँकी एउटा खेल हार्ने तथा हैदरावाद र राजस्थानले बाँकी २ मध्ये अधिकतम एउटा खेलमा मात्र जित मात्र दर्ता गरेको खण्डमा पन्जाब प्ले-अफ पुग्नेछ। यदी दुवै खेल हारेको खण्डमा पन्जाबको सबै ढोका बन्द हुनेछ। पन्जाबले दुवै खेल जितेर १६ अंक बटुल्न सकेको खण्डमा शिर्ष-२ मा पर्ने सम्भावना पनि रहन्छ जसको लागि अन्य टिमको नतिजामा भने भरपर्नु पर्ने हुन्छ।

अफ्रिदीले घातक बलिंग गर्दा, टेलरको शतकका बाबजुद पाकिस्तानसंग जिम्बाब्वे पराजित

कोलकाताको प्ले-अफ सम्भावना कति ? सबै टिमको प्ले-अफ समीकरण यस्तो छ

भनाभन भएपछि मोरिस र पान्ड्यालाई चेतावनी

आईपीएलपछि भारतको अस्ट्रेलिया भ्रमणको खेल तालिका सार्वजनिक

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy