IPL Match 9 : टस हारेर पन्जाब पहिले ब्याटिंग गर्दै, गेलले पाएनन् मौका

आईपीएल टि-२० अन्तर्गत नवौं खेलमा किंग्स-११ पन्जाब र राजस्थान रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली समय अनुसार बेलुकिको ७:४५ बजे शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ।

शारजाह स्टेडियममा राजस्थानले टस जितेर पहिलेबलिंग रोज्दै पन्जाबलाई पहिले ब्याटिंग गर्ने निम्तो दिएको छ।

राजस्थानले आफ्नो टिममा २ वटा परिवर्तन गरेको छ। जोस बटलर र अंकित राजपुत अन्तिम-११ मा छन् भने यश जैसवाल र डेभिड मिलरलाई बाहिर राखिएको छ।

पन्जाबले क्रिस गेललाई तेश्रो खेलम पनि मौका दिएन र अघिल्लो खेलकै अन्तिम-११ खेलाएको छ। शारजाह मैदान सानो हुँदा विस्फोटक ब्याट्सम्यान गेलले मौका पाउने अपेक्षा गरिएको थियो।

राजस्थानको अन्तिम ११ : जोस बटलर, स्टिभ स्मिथ ( कप्तान ) , सन्जु स्यामसन ( विकेटकिपर ) , रोबिन उथप्पा, राहुल तेवतिया, रियान पराग, टम करन, जोफ्रा आर्चर, श्रेयस गोपाल, जयदेव उनदकत, अंकित राजपुत

पन्जाबको अन्तिम ११ : केएल राहुल ( विकेटकिपर/कप्तान ) , मायाँक अग्रवाल, निकोलस पुरन, करुण नायर, सरफराज खान, ग्लेन म्याक्सवेल, जिम्मी निशम, मुरुगन आश्विन, शेल्डन कटरेल, रभी बिस्नोइ, मोहम्मद शामी

लिग अन्तर्गत राजस्थानले पहिलो खेलमा चेन्नाईलाई १६ रनले पराजित गरेको थियो। पन्जाबले पहिलो खेलमा दिल्लीसंग सुपर ओभरमा हार्दा त्यसपछि दोश्रो खेलमा बैंगलोरलाई ९७ रनले पराजित गरेको थियो।

हेड टु हेड : दुई टोलिले एकअर्कासंग १९ पटक आमनेसामने भएका छन् जसमध्ये  १० खेलमा रोयल्स तथा ९ खेलमा पन्जाब विजयी भएको थियो। गत सिजन दुबै खेलमा पन्जाबले रोयल्सलाई पराजित गरेको थियो। पन्जाब १४ र १२ रनले विजयी भएको थियो।

क्यानले गरेको खेलाडी वर्गीकरणको आधार प्रस्ट नभएको भन्दै पुनर्विचार गर्न सिप्यानको आग्रह

तयार भयो पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डिपीआर ( फोटो फिचर )

विलियमसनले बताए ‘खेल्न तयार छु’, हैदरावाद फ्यानहरुको पनि उही चाहना

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy